एकनाथ ढकालका बहुरुपः धर्मपरिवर्तनदेखि मानव तस्करीसम्म



 

 

एकनाथ ढकालले युनिभर्सल पिस फेडरेसन नेपाल नाममा संस्थाको आडमा नेपालीहरुलाई धर्मपरिवर्तन गर्न बाध्य बनाउनुका साथै विभिन्न मुलुकमा मानव तस्करी धन्दा गर्दै आएको बताइएको छ ।

 

उक्त संस्थाले संस्थागत रुपमा ईसाई धर्मको प्रशिक्षण एवं प्रचार गर्दै आएको पाइएको छ । उक्त संस्थाले शान्ति तथा नेतृत्व विकासको प्रशिक्षण सहित एक ईश्वर एक परिवारका बारेमा अभिमुखिकरण प्रशिक्षण दिएर अन्तमा धर्म परिवर्तन गराउँदै आए पनि सम्बन्धित पक्षहरुको ध्यान जानसकेको छैन ।

 

सन् २००५ देखि कोरियाका धर्मगुरु डा. सनम्योङ मुनले संचालन गरेको नयाँ शैलीको शान्ति र विश्व एक परिवार एक ईश्वर निर्माण गर्ने नाममा संचालन गरेको तत्कालिन समयको नौलो क्रिश्चियन मिशनरी अभियान संचालन गरेका थिए । सोही कारण युनिभर्सल पिस फेडरेसन नामक संस्थाको संस्थागत विकास र प्रचार भयो ।

 

उक्त संस्थामा नेपालका केही व्यक्तिहरुले प्रशिक्षण लिएर कोरियामा अन्तिम सभामा प्रार्थना र सपथ लिएपछि शान्ति मिशनका लिडर अर्थात् नेतृत्वकर्ताको रुपमा नेपाल फर्किए र शान्ति अभियानका नाममा युनिभर्सल पिस फाउन्डेसन नेपाल नामक गैर सरकारी संस्थाको रुपमा दर्ता गरी संचालनमा ल्याएका थिए ।

 

हाल उक्त संस्थाका अध्यक्ष एकनाथ ढकाल हुन् । उनी नेपालका लागि उक्त मिशनको नेपाल लिडर हुन् । यही संस्थाको राजनीतिक मिशनको रुपमा खोलिएको पार्टी नेपाल परिवार दलको अध्यक्ष समेत रहेर सभासद र मन्त्रीसमेत बन्न सफल ढकालले संस्थागत रुपमा ईसाई धर्मको प्रशिक्षण संचालन गरिरहेका मात्र छैनन् संस्थाका विभिन्न कार्यक्रमहरुमा मुलुकका प्रधानमन्त्री केपी ओलीदेखि पुष्पकमल दाहाल प्रचण्डलगायत लब्ध प्रतिष्ठत र राजनेताहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराउने गरेका छन् ।

 

मुुलुकका समाजिक, राजनीतिक लगायत अन्य क्षेत्रहरुमा नेतृत्व विकासका नाममा कार्यक्रम संचालन गरेर सनमुनको इसाई कार्यक्रम शान्ति अभियान संचालन गर्नु उनको मुख्य कार्यक्रम हो ।

 

यस कार्यका लागि विदेशबाट ठूलो परिमाणमा सहयोग भित्र्याएर वितरण गर्दै उनले शान्ति अभियानलाई बढावा दिइरको जानकारहरु बताउँछन् । अन्तराष्ट्रिय क्षेत्रबाट रकम लिएर शान्ति दुत निर्माण गरी इसाई धर्म प्रचार प्रसार गर्न समाजका सवै प्रकारका क्षेत्रमा आफ्ना दूत हरुलाई परिचालन समेत गरिरेहका पाइएको छ ।

 

ढकालले यसै अभियान र प्रशिक्षणको नाममा आफ्ना सदस्य देखि राजनीतिक दलका नेता, प्रशासक, प्राध्यापक, बुद्धिजीवी लगायत सवै क्षेत्रका व्यक्तिहरुलाई विश्व शान्ति सभामा सहभागी गराउने भनेर विशेषगरी दक्षिण कोरिया तथा अन्य मुलुकको भ्रमणमा लैजाने समेत गरेका छन् । त्यसैकारण पनि संस्थामा खुलेआम हुनेगरेको इसाई धर्मको प्रार्थना र प्रशिक्षणलाई सम्बन्धित पक्षबाट नजरअन्दाज गरिंदै आइएको छ ।

 

बेरोजगारी र विदेश भ्रमण प्रतिको युवाहरुको उत्कट चाहनालाई पुरा गराउने नाममा विभिन्न प्रशिक्षणमा युवाहरुलाई सजिलै सहभागी गराइने गरिएको छ । यसरी सहभागी सदस्यहरुलाई सामाजिक कार्यको लागि अभिप्रेरित गर्ने नाममा विभिन्न प्रशिक्षण र समाजिक गतिविधिमा संलग्न गर्दै अन्तमा प्रार्थना र सपथ दिलाएर विदेश भ्रमणमा लैजाने र पूर्णरुपमा धर्म परिवर्तन गराउने संस्थाको स्थापित कार्यशैली हो ।

 

शुरु शुरुमा फण्ड कलेक्सनको नाममा विभिन्न शहर र गाउँमा समेत युवाहरुलाई रसिद लिएर चन्दा उठाउन समेत लगाउने गरिएको छ । यसरी प्रशिक्षणमा सहभागी हुने सदस्यहरुका लागि संस्थाको भवनमै सेल्टर बनाएर खाने बस्ने र नियमित प्रशिक्षण दिइन्छ । यसरी क्रमिक रुपमा प्रशिक्षण र सम्भावना देखाएर विस्तारै विस्तारै मानसिक रुपमा शान्ति धर्मका लागि नेतृत्व क्षमता भन्ने पाठ सिकाएर प्रार्थना र सपथसम्म पु¥याउने गरिएको छ ।

 

 

उक्त संस्थामा आवद्ध अविवाहित सदस्यहरुको अन्तरदेशीय नाममा सोही धर्मको कोर्ष पुरा गरेका जोडीहरुलाई विवाह गरिदिने र प्रार्थना गराउने गरिएको छ । जुनसुकै तरिका वा वहानामा होस् वा विदेश भ्रमणको नाममा भएपनि अवसर खोज्ने सदस्यहरुलाई धर्म प्रशिक्षण र अन्तमा प्रार्थना र सपथ अनिवार्य गरिनु धर्ममा सहभागी गराउनु नै हो । यसरी धर्म परिवर्तन गरेर अन्तरदेशीय विवाह गर्ने सदस्यहरु उक्त संस्थामा थुप्रै भेटिन्छन् ।

 

 

शान्ति, नेतृत्व विकास र मानवअधिकार जस्ता अभियान संचालन गर्ने नाममा शुरु भएको उक्त संस्था मुलुकभर विभिन्न प्रशिक्षित लिडरहरु परिचालन गरेर सोझै संस्थामा आवद्ध गराउने र चरणवद्ध रुपमा विभिन्न तालिम दिएर ईसाई धर्ममा लगाउन प्रेरित गर्ने कार्यमा सक्रिय देखिन्छ ।

 

स्रोतका अनुसार चरणबद्ध प्रशिक्षण र सामाजिक कार्यमा सहभागी भएर पनि अन्तमा फाउन्डर सनमुन र उनकी पत्नीको नाममा प्रार्थना र सपथ नगर्ने सदस्य लिडर हुन नपाउने र कोरिया तथा अन्य विदेशी मुलुकको भ्रमण तथा अन्य विशेष कार्यक्रम र संस्थाबाट पाउने सुविधा समेतबाट वञ्चित रहने गरेको स्रोतको दावी छ ।

 

जुनसुकै रुपमा भएपनि धर्म परिवर्तन गर्नु गैरकानुनी र गैर सामाजिक कार्य हो । तर गैर सरकारी संस्थाको रुपमा दर्ता भएको उक्त संस्थाले शान्ति र नेतृत्व विकास र विश्व एक परिवार जस्ता देखावटी रुपमा प्रशिक्षण कार्यक्रममा संस्थाको कार्यालयमा ईशाइ धर्ममा जस्तो प्रार्थनालगातका कार्यहरु पनि सदस्यहरुका लागि अनिवार्य गराईदै आएको बताइन्छ ।

 

हाल केन्द्रीय कार्यालय रहेको नक्साल स्थित उक्त संस्थाको भवन पिस बिल्डिङमा देशभरका शाखाहरुमा सदस्यता लिएका र विभिन्न चरणका कोर्ष पुरा गरेका सदस्यहरुलाई प्रार्थना र एक परिवार एक ईश्वरको नाममा सपथ समेत खुवाउने गरिएको छ ।

 

संस्थाले गर्ने सवै प्रकारका गतिविधि र प्रशिक्षण वा कार्यक्रमहरु चर्चमा जस्तै गरी संचालन हुने गरेका छन् । संस्थाले नेतृत्व निर्माणका नाममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई संलग्न गरी शान्ति प्रशिक्षण दिने र शान्ति दुतका रुपमा विभिन्न क्षेत्रमा सोही प्रकारको धर्म प्रचार र प्रशिक्षण संचालन गर्ने गरेको छ ।

 

शान्ति र नेतृत्व विकासका नाममा प्रशिक्षण दिएर प्रशिक्षण पुरा गरेका सदस्यहरुलाई धर्मको नाममा सपथ दिएर शान्ति दुत घोषण गर्ने गरिएको स्रोत बताउँछ । विभिन्न शाखा हुँदै संस्थाको केन्द्रीय कार्यालय भवन पिस विल्डिङमा अन्तिम सपथ गराएपछि सदस्यहरुलाई विश्व सम्मेलनको नाममा कोरिया पु¥याएर अन्तिम सपथ र प्रार्थनामा सहभागी गराउने गरेको पाइएको छ ।

 

प्राप्त जानकारी अनुसार संस्थाले प्रशिक्षणका नाममा विभिन्न मुलुकमा हुने कार्यक्रमहरुमा सहभागी गराउने नाममा कोरिया, अमेरिका, दक्षिण अफ्रिका, युरोप लगायतका मुलुकहरुमा मोटो रकम लिएर पठाउने गरिएको समेत खुल्न आएको छ ।

 

संस्थाबाट नियमित रुपमा कार्यक्रमका नाममा जाने सदस्यहरु समेत कोरियामा विना भिषा रहने गरेका छन् । यसरी कोरिया गएर नफर्कने हरुका लागि व्यक्तिगत रुपमा रकम समेत उठाउने गरिएको स्रोतको दावी छ ।

 

संस्थाको मुख्य कार्यालय रहेको दक्षिण कोरियामा विभिन्न सेमिनारका रुपमा नेपालबाट पनि संस्थाले नियमित सहभागीता जनाउँदै आएको छ । यसरी सहभागी हुँदा थुप्रै पटक सदस्यहरु नेपाल नफर्काएको भन्दै केही समयअघि अध्यक्ष एकनाथ ढकाल र युनिभर्सल पिस फाउन्डेसनलाई नेपालस्थित कोरियाली राजदुतावासले भिषा अनुमतिमा समेत रोक लगाएको थियो ।बुधबारबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको