विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता नगर्ने, वार्ताका लागि ३ शर्त



 

 नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसंग वार्ता गर्न न्युनतम वातावरण नबनेको भन्दै वार्ता प्रस्ताव अस्वीकार गरेको छ। सो पार्टीका स्थायी कमिटिका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्तातोलीसँग वार्तामा बस्न अस्वीकार गरेका हुन्।

 

ओलीले वार्ता गर्नका लागि पार्टीका तर्फबाट न्युनतम शर्तहरु अघि सारेका छन्। नेकपा नेता सुदर्शनले सरकारले साँच्चै वार्ता गर्ने भए पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुट्ठा मुद्दा खारेज गरिनुपर्ने, बन्दी रहेका नेता तथा कार्यकर्ता रिहा हुनुपर्ने, धरपकड र गिरफ्तारीप्रति सार्वजनिक रूपमै माफी माग्नुपर्ने लगायत तीन पूर्व शर्त अघि सारेका छन्।

 

सरकारले समग्र वातावरण बनाउँदै औपचारिक रूपमा स्पष्ट गरेर वार्ताटोली आएमा वार्तामा बस्न सकिने जनाउँदै नेकपाले वर्तमान अवस्थामा कुनै वार्ताको सम्भावना नरहेको स्पस्ट पारेको छ। नेता सुदर्शनले भनेका छन्, “अहिलेको अवस्थामा वार्ता हुनै सक्दैन।’

 

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले  सरकारले बनाएको वार्ताटोलीको औचित्य र अर्थ नभएको स्पस्ट पारे । एकातिर आफ्ना नेता–कार्यकर्ता धमाधम पक्राउ गर्ने अर्कोतिर वार्ताको नाटक गरेर सरकारले षड्यन्त्र गरिरहेको भन्दै नेता सुदर्शनले एकातिर वार्ताको कुरा गर्ने सरकारले अर्कोतिर आफ्नो पार्टीका नेता–कार्यकर्ता धमाधम गिरफ्तार गरिरहेकोमा आपत्ति प्रकट गरे।

 

वर्तमान सरकार दलाल पुँजीवादबाट फासिवादतर्फ गइरहेको भन्दै उनले यसले राष्ट्रघात, जनघात, महँगी, करका नाममा चर्को कर उठाउने काम गरेको पनि बताए। आफूहरू सैद्धान्तिक रूपमा वार्ताविरोधी नभएको भन्दै सरकार बाहिर वार्ता भन्ने गरेको तर भित्र दमन गर्ने योजनामा रहेकाले वार्ताको वातावरण नबनेको उनको भनाइ छ ।

 

‘हाम्रो पार्टीका स्थायी समिति सदस्यलगायत नेतालाई जिल्लाजिल्ला दौडाउने, हतकडी लगाउने जस्ता गतिविधि सरकारले गरेको छ । यस्तो बेला वार्ता हुन सम्भव छैन’, सुदर्शनले भनेका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टीलगायत सबै आन्दोलतरत पक्षसँग वार्ता गर्ने भन्दै सरकारद्वारा गठित पाँच सदस्यीय वार्ताटोलीले सोमबार पत्रकारसम्मेलन गरी द्वन्द्वरत पक्षहरूसँग वार्ता र संवादको आव्हान गरेको थियो।

 

तर पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कुन कुन द्वन्द्वरत पक्षलाई वार्तामा बोलाइएको हो भन्ने बारेमा नखुलाइएको पनि नेकपाले बताएको छ। यद्यपी सरकाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्नका लागि वार्ताटोली गठन गरेको आम बुझाइ छ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको