निर्मला हत्या प्रकरण : प्रहरीले मुख्यअभियुक्त भनेका दिलिप छुटे, बम दिदीबहिनी पनि रिहा



हाम्रो इकोनोमि

कञ्चनपुरको भीमदत्तनगरकी–१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारमा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिष्टलाई जमानी जिम्मा तथा साधारण तारेखमा रिहा गर्न आदेश दिएको प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार बम दिदिबहिनीलाई पनि रिहा गरिएको छ । बहिनी रोशनीलाई जिम्मा जमानी र दिदि बबितालाई ३० हजार धरौटीमा छोडिएको उनले जानकारी दिए ।

यस्तै, सरकारी वकिल कार्यालयले निर्मलाको डिएनएको प्रोफाइल तयार भएको जनाएको छ । निर्मलाको डिएनएसँग दिलिपसिंह बिष्टको डिएनएसँग म्याच खाएन, सरकारी वकिल खेमराज भट्टले भने, ‘त्यही भएर उनलाई हिरासतमुक्त गर्ने निर्णय भएको हो ।’

घटनाको २४ दिनपछि भदौ ४ गते प्रहरीले दिलिसिंह बिष्ट नै घटनाको मुख्य अभियुक्त भनेर पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यो बेला प्रहरीले दिलिप मानसिक सन्तुलन ठिक नभएको समेत भनेको थियो ।

उनको डिएनए र मानसिक अवस्था जाँच गर्न प्रहरीले दुई हप्ता भन्दा बढी काठमाडौंमा राख्यो । अन्ततः उनको डिएनए मेल खाएन । घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र डिएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । गृहमन्त्रालयले बनाएको छानविन समिति उनीहरुको बयान लिईरहेको छ ।

समितिका एक सदस्यले राजीनामा दिएका छन् । गएको साउन १० गते घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट साउन ११ गते बम दिदीबहिनीको घरबाट ६ सय मिटर पर उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...