ओली र प्रचण्डले थाले माधव नेपालसँग छलफल, फेरी सचिवालय बैठक सार्ने तयारी



तल्ला कमिटी र जनवर्गीय संगठनहरु एकता गर्न बनेका कार्यदलहरुले अन्यायपूर्ण सिफारिस गरेपछि रुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल सुरु गरेका छन् ।

प्रदेश, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुलाई एकता गरी बन्ने नयाँ कमिटीको नेतृत्व हत्याउन सवै प्रकारका गुटहरु सक्रिय बनेका छन् । विधि र प्रक्रियाभन्दा बाहिर गएर नेतृत्व सिफारिस हुन थालेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुमा विवाद चुलिएको छ । विवाद चुलिदै गएपछि नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक प्रभावित हुँदै आएको छ ।

एकता कार्यदलहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा गुट आतंक नै मच्चाएका छन् । उनीहरुको शैलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम असन्तुष्ट छन् । उनीहरु सवैको असन्तुष्टीलाई सम्वोधन गर्न दुई अध्यक्षले छलफल थालेको धुम्वारी स्रोतले बताएको छ ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, खनाल र गौतम विधि बनाएर तल्ला कमिटीहरु निर्माण गर्नु पर्ने पक्षमा छन् भने अध्यक्ष केपी ओलीले यस बिषयमा औपचारिक कुनै प्रतिक्रिया दिएका छैनन् । विधि बनाउने कि सिफारिसका आधारमा नेतृत्व निर्माण गर्ने ? भन्ने बिषयमा तीन नेताबीच छलफल चलेको छ ।

सोमवार प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल भएको थियो भने अपरान्न दाहाल र नेपालबीच टेलिफोन सम्वाद भएको थियो । ‘तीन नेताबीच एकै पटक बसेर कुनै छलफल भएको छैन, तर एक्ला एक्लै नेताहरुबीच छलफल चलिरहेको छ’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने ।

तीन नेताबीच छलफल सुरु भएपछि बुधवारलाई डाकिएको सचिवालय बैठक पनि स्थगित हुने भएको छ । तीन नेताबीच सहमति जुटेपछि मात्र सचिवालय डाक्ने पक्षमा नेताहरु पुगेका छन् । तर सोमबार दुई अध्यक्षले बुधवार सचिवालय बैठक बोलाउने तयारी गरेका थिए ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि देश वाहिर जाँदैछन् । उनले आफु नआएसम्म सचिवालयको बैठक नवोलाउन दुवै अध्यक्षलाई आग्रह गरेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको