निर्मला हत्या प्रकरण : ‘दिलिपको डिएनए मिलेन’



हाम्रो इकोनोमि

 

 

निर्मला पन्तको हत्यामा संलग्न भनि प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनएन नमिलेको खबर आएको छ ।

कञ्चनपुर अदालतमा पेश गर्नु अघि नै उनको डिएनए म्याच नगरेको खबर आएको हो । फरेन्सिक साइन्स अर्थात् विधि विज्ञान प्रयोगशालाले दिएको रिपोर्टमा निर्मलाको डिएनए र दिलिपसिंह विष्टको डिएनए फरक भएको पाइएको छ ।

 

पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व अध्यक्ष एवं पत्रकार लक्ष्मण तिवारीका अनुसार दिलिपको डिएनए नमिलेको पुष्ट खबर हो । उनले यो विश्वस्त रुपमा भित्रैबाट आएको खबर हो, भने । यो रिपोर्टबारे जिल्ला अदालत कञ्चनपुरलाई जानकारी गराइसकिएको बताइएको छ ।

 

यद्यपि, अदालतले डिएनए नमिलेको भनेर दिलिपलाई रिहा गरिसकेको अवस्था भने होईन । गएको आईतबार थपेको म्याद सकिन लागेकाले उनलाई अदालतमा पेश गर्ने तयारी छ ।

पत्रकार तिवारीका अनुसार बेलुकी ५ बजेसम्म दिलिपलाई तारेखमा रिहा गरेकाे खबर अाउन सक्छ । यस्तै, बम दिदीबहिनीलाई समेत तारेखमा छोड्ने सम्भवना रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...