नेपाल एयरलाइन्सको जहाज दुवई उड्नु पर्ने मलेशिया पुगेपछि…..



 

नेपाल एयरलाइन्स व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेकै बेला एयरलाइन्सले अर्को हाँसो उठाउने कार्य बाहिरिएको छ ।

 

 

यो हाँसउठ्दो कुरा हो एकातिर पुग्नुपर्ने जहाज अर्कोतिर पुग्नु । एयरलाइन्सको विमान आइतबार राति संयुक्त अरब इमिएट्स (युएई) उड्नुपर्ने सेड्युल थियो । तर, एकाएक निगम व्यवस्थापनले सो उडान रद्द गरेर सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुरका लागि उडाए ।

 

निगमका एक उच्च अधिकारीका अनुसार एक आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ उडाइएको हो । उनका अनुसार सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कमर्सिलय विभागका निर्देशक गोपाल जोशी समेत मलेशिया पुगेका छन् । उनीहरु बाहेक सो टोलीमा अरु ३५ जना पनि रहेको बताइएको छ ।

 

१५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कूल १०२ जना टिकट काटेका थिए । सोमबार बिहान काठमाडौंबाट साढे ९ बजे मलेशियाको लागि उडेको सो विमान पी ओल्ट्रा र सुदीप रिजालले उडाएको जनाइएको छ ।

 

उडान रद्द हुँदा यात्रु मर्कामा

पूर्व निर्धारित तालिकाअनुसार विमान दुबई नउडेर मलेशियाका लागि उडेपछि नेपाल र मलेशियातर्फका २२० जनाको हाराहारीमा रहेका यात्रुहरु समस्यामा परेका छन् । आइतबार राति दुबईको उडान रद्द भएपछि ६३ यात्रुलाई सिनामंगलको होटलमा राखिएको समाचार स्रोतले जानकारी दिएको छ ।

 

उता दुबईतर्फ पनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखिएको जनाइएको छ । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्जलगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।

 

निगम नेतृत्वकै संलग्नतामा उडान रद्द भएको भन्दै निगमका एक अधिकारीले यस विषयमा व्यवस्थापनभित्र नै मतभेद रहेको स्वीकारे । निगमलाई सुधार गरेर अघि बढ्नुपर्ने पक्षका केही सञ्चालक समितका सदस्यले पहिला दुबईको उडान भरेर फर्किएपछि मलेशियाको लागि उडान गर्दा ठीक हुने धारणा राखेका पनि थिए ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको