छानविन समितिबाट राजीनामा दिएका केसीलाई राज्यले सुरक्षा दिन्छ : गृहमन्त्री थापा



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएका वीरेन्द्र बहादुर केसीलाई राज्यले सुरक्षा दिने बताएका छन् ।

 

काभ्रेको बनेपा जिल्ला सहकारी संघले आयोजना गरेको ५१ औँ स्थापना दिवसको अवसरमा गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरी छानविन समितिका सदस्य केसीलाई राज्यले सुरक्षा दिने बताएका हुन् । साथै उनले केसीको राजीनामा सम्बन्धमा पनि छानविन भइरहेको बताए ।

 

कार्यक्रममा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए ।

 

गृहमन्त्री थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको भन्दै विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्ने बताए । देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने उनले विश्वास व्यक्त गरे ।

 

उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए ।

 

गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गरे ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...