दमकका कपडा ब्यापारी खेमराज पौडेलको हत्या, साझेदार हुसेन पक्राउ



 

झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म आफैं पनि अहिले गौरीगञ्ज आइपुगेको छु’, झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले भने, ‘एक जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा राखेर पक्राउ परेका ब्यक्तिलाई अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन हुन । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘सोमबार रातिदेखि हराएका पौडेल अन्तिम पटक उनै हुसेनलाई भेट्न गएका थिए’, झापा प्रहरीका डिएसपी जितेन्द्र बस्नेतले भने ‘उनीसँग लिन बाँकी रहेको पैसा दिनलाई बोलाएपछि पौडेल हुसेनलाई भेट्न गएको देखिन्छ ।’

यद्यपि, हालसम्म हुसेनले किन छुरा प्रहार गरे भन्ने विषय खुलिसकेको छैन । ‘अनुसन्धान जारी छ । चाँडै तथ्य सार्वजनिक हुन्छ,’ प्रहरीको भनाई छ ।

प्रहरीले पौडेलको शव भेटिएको ठाउँमा अपराधमा प्रयोग भएको छुरा, मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल लगायतका सागम्री पनि फेला पारेको छ ।

प्रारम्भमा पौडेलको अपहरण भएको प्रहरीले सूचना पाए पनि घटनाक्रमले उनको अपहरण भएको संकेत नदेखाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको