पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता पार्टीले पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार दिएको छ । सांसद नबनाएको आक्रोसमा राजपाको पार्टी कार्यालय तोडफोड गर्ने विनोद सिंहलाई राजपाले महामन्त्री मनोनीत गरेको हो ।

 

अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय जोगाउन सिंहलाई महामन्त्रीमा मनोनीत गरेको राजपाकै एक नेताले बताएका छन् ।

मधेशी निजामती कर्मचारी मंचबाट राजीनामा दिएर राजपाको प्रदेश समानुपातिक सूचीमा राखिए पनि सिंहलाई सांसद नबनाएपछि पार्टीसँग असन्तुष्ट मन्चका कार्यकर्ताले २०७४ पुस १४ मा कार्यालय तोडफोड गरेका थिए ।

कार्यालय तोडफोड गरेपछि मंच र राजपा नेतृत्वबीच सम्बन्ध तिक्त थियो । यसबीचमा मंचले राजपा र संघीय समाजवादी दुवै पार्टी मधेशवादी भएकाले दुवैसँग बराबरीको सम्बन्ध राख्ने धारणा राख्दैआएको छ ।

राजपाको भातृसंगठन जस्तो देखिएकाले तत्काल पार्टी कार्यालय खाली गराउनुपर्ने निष्कर्षमा मंच पुगिसकेको थियो । मंचले पार्टी कार्यालय खाली गराउने सुईको पाउनासाथ सिंहलाई महामन्त्रीमा मनोनीत गरिएको छ ।

उनको मनोनयनलाई पार्टी कार्यालय जोगाउने राजपा अध्यक्ष ठाकुरको चालका रुपमा लिइएको छ । महामन्त्री मनोनीत भइसकेपछि सिंहले पार्टी कार्यालयबाट राजपालाई हटाउनबाट तत्काल त रोकेका छन् ।

मंचलाई सरकारले दिएको बबरमहलको उक्त जग्गामा निर्मित भवनमा नक्सापास नै नगरी भर्खरै २ तल्ला थप निर्माण गरिएको छ । काठमाडौै महानगरपालिकाको मापदण्डअनुसार तीन तल्ला पनि बनाउन नपाउने भए पनि हालै उक्त भवन पाँच तल्ला बनाइएको छ ।

तीन तल्ला पहिल्यै बनेको उक्त भवनमा २ तल्ला थप गर्ने क्रममा ५० लाख रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । २ तल्ला थपको ५० लाख रुपैयाँ खर्च राजपा अध्यक्ष महन्थ ठाकुरले जुटाएको एकथरीले भन्ने गरेका छन् भने अर्काथरीले मंचले नै बनाएको दाबी गर्दैआएका छन् ।

उता, संघीय निजामती सेवा ऐन मन्त्रिपरिषदमा छ । उक्त ऐनमा राजनीतिक पार्टी निकट ट्रेड युनियन खारेज गर्ने उल्लेख छ । यदि राजनीतिक दल निकट ट्रेड युनियन खारेज भएमा मंच पनि खारेज हुनेछ । र, उक्त भवन स्वतः राष्ट्रियकरण हुनेछ । त्यो बेलामा राजपाको कार्यालय उक्त भवनमा राख्न कानुनतः मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...