योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम एक महिनाभित्रै: मन्त्री बिष्ट



 

सरकारले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले डेढ महिनाभित्र श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सरकारले चालु आर्थिक वर्षबाटै श्रमिकहरुको योगदानमा आधारित कार्यक्रम सरुआत गरेको पनि स्मरण गराए ।

मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।

उनले श्रमिकहरुको पेनसनका सम्बन्धमा पनि सरकारले आवश्यक निर्णय लिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको