धनबहादुरले डोल्पाबाट धोका दिएपछि बामदेवको आँखा कमला रोक्काको पूर्वी रुकुमतिर



 

डोल्पाका सांसद धनबहादुर बुढाले सांसदबाट राजीनामा दिन अस्वीकार गरेपछि बामदेव गौतमको आँखा पूर्वी रुकुमतिर परेको छ ।

 

राज्यमन्त्री बुढाले भदौको दोस्रो सातामा राजीनामा दिने घोषणा गरेका थिए । तर जिल्लाबाट फर्केपछि उनको मन पनि फर्कियो र राजीनामा नदिनु मुडमा पुगे ।

बामदेवका अति निकट मानिने धनबहादुरलाई राजीनामा गराउने र बामदेव गौतम डोल्पाबाट चुनाव लड्ने तयारी थियो । निर्वाचनको तयारीका लागि गौतमले आफ्ना सुरक्षा पीएओलाई डोल्पाको प्रहरी प्रमुख बनाएर पठाइपनि सकेका थिए ।

 

तर जिल्लाका कार्यकर्तासँग छलफल गरेपछि धनबहादुरले राजीनामा दिन अस्वीकार गरेको नेकपाका एक नेताले बताए ।

धनबहादुरले गौतमलाई डोल्पाबाट ग्रिन सिग्नलबीच धोका दिएपछि उनको आँखा पूर्वी रुकुमतिर परेको छ ।

 

प्यूठान र पूर्वी रुकुमा दुईतिर छलफल चलेपछि जित निश्चित हुने पूर्वी रुकम गौतमको आँखा परेको छ । उनले पूर्वी रुकुम आफ्ना लागि खाली गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले बताएको छ ।

 

पूर्वी रुकुमबाट नेकपाकी कमला रोक्का सांसद छन् । उनलाई राजीनामा गराउने र आफु सांसद लड्ने प्रस्ताव गौतमले दाहाललाई दिएका छन् ।

 

गौतमको प्रस्तवमा दाहाल सकारात्मक भएपनि अर्का अध्यक्ष केपी शर्मा ओली भने अझै सकारात्मक भइसकेका छैनन् ।

 

सांसद दुर्गा पौडेललाई राजीनामा गराएर प्यूठानबाट चुनाव लड्न ओलीले सुझाव दिएका छन् । तर गौतम प्यूठानबाट चुनाव लड्ने पक्षमा छैनन् ।

 

‘मलाई राजीनामा गराउने बिषयमा शिर्ष नेताहरुबीच छलफल भएको मैले थाहाँ पाएकी छु, तर दुई अध्यक्षले भने केही भन्नुभएको छैन’ सांसद कमला रोक्काले भनिन् ‘औपचारिकरुपमा नेताहरुले प्रस्ताव ल्याए आफ्नो निर्णय दिन्छु ।’

 

रोक्कालाई अहिले राजीनामा गराउने र दुई बर्षपछि राष्ट्रियसभामा लिएर मन्त्री बनाउने प्रस्ताव प्रचण्डले गर्ने तयारी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको