बामदेवलाई सांसद बनाउन नवराजको पद धरापमा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमलाई सांसद बन्ने योजना तत्कालका लागि तुहिएको छ ।

डोल्पा जिल्लाबाट उपनिर्वाचनमार्फत सांसद बन्ने सपना देखेका गौतमलाई ठूलो चिन्ता परेको छ ।

डोल्पाबाट निर्वाचित पूर्वएमालेका सांसद धनबहादुर बुढाले राजीनामा नदिने निर्णय गरेपछि गौतमलाई झट्का लागेको हो । बुढाले सांसद पदबाट राजीनामा दिएपछि उपनिर्वाचनमार्फत संसदमा आउने गौतमको योजना थियो ।

पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत रहेका सांसद बुढाले गौतमका लागि आफू बलि नचढ्ने बताउन थालेका छन् ।

गौतमका छोराका साथी र विज्नेश पाटर्नर समेत रहेका बुढाले एक महिना अगाडि सांसद पदबाट राजीनामा दिएर बाटो खुला गर्ने बताएका थिए । बुढालाई पदबाट राजीनामा नदिन कार्यकर्ताहरूले दवाव दिएका छन् ।

गौतमलाई राष्ट्रिय सभाको सांसद बन्न सजिलो छ । तर, राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न पाउँदैन । गौतमले प्रतिनिधि सभामा आएर एक पटक प्रधानमन्त्री बन्ने इच्छा राखेका छन् । उनको यो इच्छा तत्काल पूरा हुने छाँटकाँट देखिएको छैन ।

नेकपाले राजीनामा दिन दवाव दियो भने फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने उनको भनाइ छ । गौतमले डोल्पाबाट जितेर सांसद बनेमा बुढालाई दुई वर्षपछि राष्ट्रिय सभाको सांसद बनाएर मन्त्री बनाउने आश्वासन गौतमले दिएका छन् ।

गौतमका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ ।

पूर्वी रुकुममा पूर्वमाओवादीबाट निर्वाचित सांसद कमला रोक्का र प्यूठानमा जनमोर्चा नेपालबाट विजयी दुर्गा पौडेल सांसद छिन् ।

गौतमले ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित नवराज सिलवाल, नवलपुरका तिलक महतलाई राजीनामा गराउने योजना पनि बनाएका छन् ।

गौतमले सबैभन्दा उपयुक्त क्षेत्र ललितपुर क्षेत्र नं. हुने बताउने गरेका छन् । गौतमको बसोबास पनि ललितपुरमै रहेकाले सिलवाललाई राजीनामा गर्न लगाएर उपनिर्वाचनमार्फत सांसद बन्ने योजनामा रहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...