४० रोपनी जग्गा अर्कैको नाममा पास गराउने नापी कार्यालय तीन कर्मचारी प्रक्राउ



 

बुढानिलकण्ठ नगरपालिकामा जग्गाधनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा प्रहरीले नापी कार्यालयका एक अधिकृतसहित तीन जनालाई प्रक्राउ गरेको छ । नापी कार्यालय चावहिलका अधिकृत सहित तीन जनाले नगरपालिकामा पर्ने ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोग प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

नक्कली स्रेस्ता तयार पारी ४० रोपनी जग्गा विक्री गरेको अभियोगमा चाबहिल नापी कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारीलाई आज विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले जानकारी दिनुभयो ।

 

चन्दन विष्ठ कायस्थको नाममा रहेको ४० रोपनी जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्‍याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको प्रहरीको दावी रहेको छ । यही प्रकरणमा प्रहरीले यसअघि जग्गा किन्ने र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

वरिष्ठतम् न्यायाधिश जोशीको पेशी तोकिएन

लामो समयको विदापछि आजबाट नियमति काममा फर्किएका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको पेशी तोकिएको छैन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस गरेका जोशीको नाम अस्विकृत गरेपछि उहा विदामा बस्नु भएको थियो । ३९ दिनसम्म विदा बसेर आज उहा नियमित काममा फर्कनु भएको हो ।

 

नवनियुक्त प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले आजका लागि १० वटा पेशी तोक्नु भएको छ । जसमा जोशीको नाम कुनै पनि बेन्चमा उल्लेख छैन । न्यायाधिश प्रकाशमान सिंह राउतलाई मात्र एकल इजलास दिएको छ । मिश्र स्वयम पनि एक सयुक्त इजलासमा बस्ने गरी पेशी तोकिएको छ ।

 

आफ्नो पेशी नतोकिएको विषयबारे जोशीले भने इजलाशमा मेच व्यवस्थापन नभएको हुनसक्ने बताउनु भएको छ । हिजो प्रधानन्यायाधिशमा मिश्रले सपथ लिएपछि उहाको स्वागत गर्न सर्वोच्च अदालत पुग्नु भएका जोशीले अदालतमा अब कोही सिनियर जुनिएर नहुने प्रतिक्रिया दिनु भएको थियो । साथै उहाले मंगलबारबाट नियमित काममा फर्कने समेत बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको