बादल, लालबाबु लगायतका मन्त्री हटाउन ओली–प्रचण्डको गोप्य भेट ! अरु क कस्को मन्त्री पद धरापमा



हाम्रो इकोनोमि

 

नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन् ।

 

पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् ।

 

प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलाई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ ।

 

त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ ।

 

कुन-कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ ।

 

प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नु भएको थियो ।

 

यता प्रचण्डले पनि दुई÷चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमा जनताको पक्षमा काम नगर्ने मन्त्री हटाउने बताएका थिए ।

 

उलले गत मंगलवार आफ्नै निवासमा पार्टी निकटका पत्रकाहरुलाई बोलाएर यस्तो संकेत गर्नुभएको थियो । ओली र प्रचण्डबीच सोमबार सांझ मन्त्री फेरवदल गर्ने विषयमा गम्भीर कुराकानी भएको वालुवाटार स्रोतले दावी गरेको छ ।

नेपाल एयरलाइन्सका कर्मचारीले राजीनामा दिन थालेपछि कंसाकारलाई तनाव

नेपाल एयरलाइन्सका कर्मचारीले व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएको खबर बाहिरिएको छ ।

 

व्यवस्थापन संस्थालाई सुधार गर्नुको साटो थप धराशयी बनाउने बाटोमा अघि बढेको असन्तुष्ट कर्मचारीहरुको गुनासो छ । स्वार्थमा मात्र लिप्त हुने तर कर्मचारीको हितमा व्यवस्थापनले नसोच्ने भएपछि राजीनामा दिन बाध्य भएको एयरलाइन्सका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

 

हाल सेवामै रहेका एक अधिकारीले पछिल्लो समय उच्च कर्मचारीले नै जागिर छोड्न थालेको स्वीकारे । कतिपयले अवकासपछि पाउने फाइदा प्रतिनै विश्वास कम भएर जागिर छाडेको हुन सक्ने ती अधिकारीको बुझाइ छ  ।

 

यद्यपि  जागिर खाने÷नखाने व्यक्तिको स्वतन्त्रताको कुरा पनि भएको बताउँदै जुन हिसाबले एयरलाइन्स धराशयी हुन थालेको हल्ला फिजाइएको छ, त्यस्तो पनि भइनसकेको उनले बताए ।

 

उनका अनुसार एनएसीको दोहा, कतार लगायतका देशको उडान खर्चिलो बनेको छ । छोटो दूरी र कम यात्रु बोकेरै गन्तब्यसम्म पुग्नुपर्ने हुँदा समस्या भएको उनको भनाई थियो । ‘लामो दूरीका लागि उडाउने ठूला जहाजको भोल्युम कमजोर भएको सत्य हो । यद्यपी जापान, कोरिया लगायत देशमा चाँडै नै उडान शुरु गर्ने गरी तयारी भइरहेको पनि छ ।’

 

केही दिन अघि मात्रै एयरलाइन्सको फाइनान्स विभागबाट १ जना, कर्मसियल विभागबाट २ जनाले जागिर छाडेका छन् । अझै केही कर्मचारी छाड्ने मनस्थितीमा रहेको सुनिएको ती अधिकारीले बताए ।

 

यसो त बितेको तीन महिनाको बीचमा दुई दर्जनको हाराहारीका कर्मचारीले जागिर छाडेको पनि एयरलाइन्स स्रोत बताउँछ । त्यसरी जागिर छाड्नेमा सामान्य कर्मचारीदेखि उच्च तहका कर्मचारीसम्म भएको बताइएको छ ।

 

एयरलाइन्सले अहिलेको कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै कर्मचारीहरुले त्यसका लागि सरकारी निकायबाटै पहलकदमी लिनुपर्नेमा जोड दिए ।

 

एनओसीलाई हाल ३२ अर्ब ऋण रहेको बताइएको छ । एयरलाइन्स स्रोतका अनुसार ऋण तिर्नसक्ने गरी काम गर्न नसकेपनि उडानबाट दैनिक खर्च भने राम्ररी धानेको बताए ।

 

हालैमात्रै जागिर छाडेका एक  कर्मचारीले कम्पनीमा बसेर फाइदा नहुने र निस्कदा एकमुष्ट रकम पाउने भएकाले अवकासको बाटो रोजिएको बताए ।   ‘त्यही पैसा बैंकमा राखे राम्रो ब्याज आउँछ । तर बसिरहँदा अवकासपछि पाउने फाइदाप्रति विश्वस्त हुन सकिने अवस्था छैन’, उनले भने ।

 

निगममा व्यवस्थापनले हालै दुई वटा एअरबस ३३० – २०० सेरिजका बाईड बडीका जहाज भित्र्याए पनि यो व्यवस्थापनबाट संंस्थानका सुधार हुन सक्ने अवस्था नदेखिएको असन्तुष्ट कर्मचारीहरुको भनाई छ ।

के भन्छन्  प्रबन्ध निर्देशक ?

 

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले १५ सय कर्मचारीमा एक दुईजना कर्मचारीले आफूलाई फेल गराउन लागिपरेको प्रतिक्रिया दिए ।

 

उनले ती कर्मचारीले जथाभावी आफ्नो र कम्पनीको बारेमा नराम्रो हल्ला फैलाएको दाबी गर्दै भने, ‘एक जना कर्मचारी पीआरवालाले जागिर छाडेको हो । अर्को दुईजनाले दुई/चार बर्ष बाँकी रहेपनि अहिले आफ्नो घरायसी कामको समस्या देखाउँदै छाडेका हुन् ।

 

अर्को एक जनाले प्रमोशन भएन भनेर जागिर छाडे । प्रमोशनपनि उहाँलाई लिएको परीक्षामा फेल भएपछि रोकिएको हो । हामी व्यवस्थापनको कुनै दोष छैन।’

 

थोरैमात्र कर्मचारी कम्पनीको विरुद्धमा लागेको उनले बताए । उनले एक दुई जना कर्मचारीले जागिर छाड्दा कम्पनीलाई कुनै फरक नपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...