अनुदानको यूरिया मल काला बजारीको हातमा, किसान दोब्बर मूल्य तिर्न बाध्य



 

जिल्लामा अनुदानित यूरिया मल अभाव भएपछि किसानहरू चर्काे मूल्य तिर्न बाध्य छन्। साउनदेखि नै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट(चिनी मल) खरिद गरिरहेका छन्।

 

साउनपछि एकपटक मात्र मल आएकाले ५० प्रतिशत मात्रै माग धान्न सकिएको कृषि सामाग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रविन्द्र गौतम बताउँछन्। चितवनमा धानका लागि करिब  एकहजार ५०० मेट्रिक टन मल आवश्यक पर्छ। पारवहनमा भएको समस्याले भारतबाटै नियमित आपूर्ति हुन नसकेको बताइन्छ।

 

‘मल नभएर भन्दा नियमित आपूर्ति हुन नसकेको हो, देशभर गरेर करिब १३ हजार मेट्रिक टन आयो, अझै १२ हजार मेट्रिक टन आउन बाँकी छ’ गौतमले भने। गौतमका अनुसार चितवनमा एक महिना ५०० मेट्रिक टन मल आएर पनि किसानलाई वितरण भइसकेको छ।

 

अझै ४०० मेट्रिक टन मल आउन बाँकी छ। जिल्लामा पनि ५० प्रतिशत नै माग पूरा भएको र अझै ५० प्रतिशत माग रहेको गौतमको भनाइ छ। अहिलेको मौसममा धानखेतीका लागि अत्यावश्यक हुने अनुदानित यूरिया मल साउनको दोस्रो सातादेखि अभाव हुँदा किसान मारमा छन्।

 

अनुदानित मल अभाव भएपछि किसानहरु निजीस्तरको मल चर्काे मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन्। चितवनमा भदौ महिनामा १ हजार ५०० मेट्रिक टन मल खपत हुन्छ। जिल्लामा साल्ट ट्रेड्रिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्छन्। दुवै स्थानमा मल अभाव छ।

 

अनुदानिय यूरिया मलको मूल्य प्रतिबोरा ७६५ पर्छ र तर बजार चिनीमलको मूल्य एक हजार ३०० माथि छ।  मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेड्रिङ कर्पाेरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल बताउँछन्।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको