ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति भएको अनुमान



 

काठमाडौंको व्यस्त मानिने पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान आगलागी भएको हो ।

स्थानीयबासी सुनीलमान स्थापितको घरबाट बिहान ४:२५ बाट आगो लाग्न शुरु भएको हो । आगो स्थापितको घरबाट अर्को छिमेकीको घरसम्म फैलिएको हो ।

प्रहरीका अनुसार अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको र ग्यास सिलिन्डर पड्किन थालेको हो । आगो निकै ठूलो गरी दन्किएपछि नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो ।

आगो निभाउन पुगेका प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पुगेको छ । आगलागीबाट १० करोड बराबरको धनमाल क्षति अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको