ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति भएको अनुमान



हाम्रो इकोनोमि

 

काठमाडौंको व्यस्त मानिने पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान आगलागी भएको हो ।

स्थानीयबासी सुनीलमान स्थापितको घरबाट बिहान ४:२५ बाट आगो लाग्न शुरु भएको हो । आगो स्थापितको घरबाट अर्को छिमेकीको घरसम्म फैलिएको हो ।

प्रहरीका अनुसार अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको र ग्यास सिलिन्डर पड्किन थालेको हो । आगो निकै ठूलो गरी दन्किएपछि नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो ।

आगो निभाउन पुगेका प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पुगेको छ । आगलागीबाट १० करोड बराबरको धनमाल क्षति अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...