कम्युनिस्टबाट जितेका अध्यक्ष र सचिवको कार्यालय सिंगार्न २ करोड खर्च



 

सभ्य समाज निर्माणका लागि कानून बनाउने थलो अनि राष्ट्रका विशिष्ट अग्रजहरुले प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल र ‘होनाहार युवा पत्रकार’ राजेन्द्र फुयाँल सचिव रहेको यो संस्थामा यिनै  तीन मान्यबरको  कार्यकक्ष सजावटका लगभग दुई करोड खर्च गरिएको खबर सार्वजनिक भएको छ। प्रस्तुत छ: समाचार दैनिकमा प्रकाशित समाचार-सम्पादक ।

सचिवालय श्रोत भन्छ 

‘अध्यक्ष तिमिल्सिनाका लागि उनी निर्वाचित हुनुपूर्व नै संसद सचिवालयले उहाँको हैसियत अनुसार सोही भवनको चौथो तलामा आवश्यक व्यवस्था गरिदिएको थियो । सचिवालय उच्च श्रोतले भन्यो, ‘तर उहाँले त्यसमा चित्त बुझाउनु भएन ।

 

आफूलाई सभामुख कृष्णबहादुर महराको सरह सुविधा चाहिने भन्दै बसिरहेको कोठा छोडेर नयाँ व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँ कर्मचारीलाई सुविधा दिनेबेलामा मितव्ययिताको कुरा गर्नुहुन्छ, तर आफूलाई सुविधा माग्नेबेला महँगा सामान किन्न लगाउनु हुन्छ ।

 

’ अध्यक्ष तिमिल्सिनाको सचिवालयका लागि संसद सचिवालयले यसअघि नै २७ लाख खर्च गरेर कार्यकक्ष बनाइदिएको थियो । सो कार्यकक्षमा अध्यक्ष, सचिवसहितको सचिवालय नबस्ने भएपछि छोडिएको कार्यकक्ष र फर्निचरहरु राष्ट्रियसभाका सभापतिले प्रयोग गर्ने सचिवालयले जानकारी दियो ।

बजेट स्वीकृत भएको छैन–

अर्थ मन्त्रालय संघीय संसद सचिवालयमा हुने बजेटको बिनियोजन र निकाशा हेर्ने अर्थमन्त्रालयमा छुट्टै संरचना छ । संसद, लगायतका संवैधानिक निकायको बजेट हेर्ने शाखाका शाखा अधिकृत केदार श्रेष्ठले संघीय संसद सचिवालयबाट विभिन्न शीर्षकमा बजेट माग भई आएको तर स्वीकृत भइनसकेको बताए । कुरा गर्दै उनले भने, ‘कसले कति, कसरी बेजेट कहाँ खर्च ग¥यो, भनेर हेर्ने संरचना त हामीसँग छैन । तर बजेट  स्वीकृत नै नभईकन काम कसरी हुन्छ र ? ’

 

खरिद प्रक्रिया उल्लंघन 

 

सरकारका हरेक निकायले सामाज खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्दछ । सार्वजनिक खरिद ऐन अनुसार ५ लाखभन्दा माथि खरिद गर्नुपर्दा सार्वजनिक बोलपत्र आव्हान गरेर कम मुल्यमा काम गर्न चाहनेलाई प्रक्रिया पूरा गरेर मात्रै खरिद गर्नुपर्दछ ।  तर सचिवालयले झण्डै २ करोडको कारोबार गर्दा सार्वजनिक खरिद ऐन अनुसारको विधि अवलम्वन गरेको छैन ।

 

सामान खरिद गर्दा टुक्रा–टुक्रा पारेर फर्मलाई ३ ओटा कोटेसन माग गरेर एउटालाई छनोट गरी खरिद गरिएको संसद सचिवालय श्रोतले समाचार दैनिक डटकमलाई जानकारी दियो ।

 

सचिवालयमा सो शीर्षकमा खर्च गर्न पैसा पनि नभएको, अर्थमन्त्रालयले स्वीकृति पनि नदिएको अवस्थामा समेत सचिवालयमा भने सामान खरिद प्रक्रिया सम्पन्न भएर अध्यक्ष तिमिल्सिना सचिव फुयाल लगायत उनको सचिवालयको कार्यकक्ष सरिसकेको छ ।


सभामुख महराको मौनता 

 

दुवै पद सम्माननीय भएपछि संघीय संसदको मुल नेतृत्व प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा हुन् । सचिवालयभित्र आर्थिक अनुशासन उल्लंघन गर्दै भएको यो खरिद प्रक्रियाको सभामुख महराले समेत देखेको नदेखै गरेका छन् ।

 

महराकै अध्यक्षतामा बस्ने संसदकै शक्तिशाली निकाय व्यवस्थापन समितिले समेत यस विषयमा कुनै निर्णय गरेको छैन । केही समयअघि यस विषयमा सामान्य चर्चा भए पनि कुनै निर्णय नभएको व्यवस्थापन समितिका एक सदस्यले समाचार दैनिकलाई बताए ।

 

 अध्यक्ष तिमिल्सिनाका मितव्ययी कुरा खर्चालु काम 

 

अध्यक्ष तिमिल्सिना संसद सचिवायको नेतृत्वमा आएपछि हरेक कुरा छिटोछरितो र मितव्ययी हुनुपर्छ भनेर सार्वजनिक रुपमा भन्दै आएका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेभन्दा अतिरिक्त काम गरेको भत्ता कर्मचारीले माग गर्दासमेत उनले दिन नसकिने अडान लिएको एक कर्मचारीले बताए ।

 

तर आफ्ना लागि भने उनले संसदले दिएको गाडी नचढेर गृह मन्त्रालयबाट सुविधा सम्पन्न गाडी मगाउनेदेखि सचिवालयले दिएको कार्यकक्ष नै छोडेर नयाँ कार्यकक्ष बनाउने, महँगा सामानहरु माग गर्ने गरेको सचिवालयका कर्मचारीले आक्रोश पोखे ।

 

उनी भन्छन् अध्यक्षले ठाडो आदेश दिएर आफुलाई मन लागेको काम गराउने गरेका छन् । कोठा सार्ने काममै खटिएका संसदका विभिन्न समिति र विभागहरु बाध्य भएर अध्यक्षको आदेश पालना गरेका मात्रै हुन् । उनीहरुलाई धेरै विषय थाहै छैन ।

 

संसद सचिवालयका सहप्रवक्ता केशव अर्याल

संसदमा हाल प्रवक्ता पद खाली छ । सहप्रवक्ता अर्याललाई यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘राष्ट्रिय सभाका अध्यक्षज्यूको व्यवस्थीत कार्यकक्ष बनाउनुपर्ने भएकाले बनाईएको हो । खरिद प्रकृया लगायतको हिसाव कितावको जानकारी मैले अहिले पाईसकेको छैन । पाएपछि जानकारी गराउँछु ।समाचार दैनिकबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको