प्रधानन्यायाधीश मिश्रले लिए शपथ



 

 

 

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीशमा मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थितिमा राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन्।

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

कामु प्रधानन्यायाधीश मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। प्रधानन्यायाधीश मिश्रले केहीबेरमा पदबहाली गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री