नेपाल एयरलाइन्सका कर्मचारीले राजीनामा दिन थालेपछि कंसाकारलाई तनाव



 

 

नेपाल एयरलाइन्सका कर्मचारीले व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएको खबर बाहिरिएको छ ।

व्यवस्थापन संस्थालाई सुधार गर्नुको साटो थप धराशयी बनाउने बाटोमा अघि बढेको असन्तुष्ट कर्मचारीहरुको गुनासो छ । स्वार्थमा मात्र लिप्त हुने तर कर्मचारीको हितमा व्यवस्थापनले नसोच्ने भएपछि राजीनामा दिन बाध्य भएको एयरलाइन्सका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

हाल सेवामै रहेका एक अधिकारीले पछिल्लो समय उच्च कर्मचारीले नै जागिर छोड्न थालेको स्वीकारे । कतिपयले अवकासपछि पाउने फाइदा प्रतिनै विश्वास कम भएर जागिर छाडेको हुन सक्ने ती अधिकारीको बुझाइ छ  ।

यद्यपि  जागिर खाने÷नखाने व्यक्तिको स्वतन्त्रताको कुरा पनि भएको बताउँदै जुन हिसाबले एयरलाइन्स धराशयी हुन थालेको हल्ला फिजाइएको छ, त्यस्तो पनि भइनसकेको उनले बताए ।

उनका अनुसार एनएसीको दोहा, कतार लगायतका देशको उडान खर्चिलो बनेको छ । छोटो दूरी र कम यात्रु बोकेरै गन्तब्यसम्म पुग्नुपर्ने हुँदा समस्या भएको उनको भनाई थियो । ‘लामो दूरीका लागि उडाउने ठूला जहाजको भोल्युम कमजोर भएको सत्य हो । यद्यपी जापान, कोरिया लगायत देशमा चाँडै नै उडान शुरु गर्ने गरी तयारी भइरहेको पनि छ ।’

केही दिन अघि मात्रै एयरलाइन्सको फाइनान्स विभागबाट १ जना, कर्मसियल विभागबाट २ जनाले जागिर छाडेका छन् । अझै केही कर्मचारी छाड्ने मनस्थितीमा रहेको सुनिएको ती अधिकारीले बताए ।
यसो त बितेको तीन महिनाको बीचमा दुई दर्जनको हाराहारीका कर्मचारीले जागिर छाडेको पनि एयरलाइन्स स्रोत बताउँछ । त्यसरी जागिर छाड्नेमा सामान्य कर्मचारीदेखि उच्च तहका कर्मचारीसम्म भएको बताइएको छ ।

एयरलाइन्सले अहिलेको कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै कर्मचारीहरुले त्यसका लागि सरकारी निकायबाटै पहलकदमी लिनुपर्नेमा जोड दिए ।

एनओसीलाई हाल ३२ अर्ब ऋण रहेको बताइएको छ । एयरलाइन्स स्रोतका अनुसार ऋण तिर्नसक्ने गरी काम गर्न नसकेपनि उडानबाट दैनिक खर्च भने राम्ररी धानेको बताए ।

हालैमात्रै जागिर छाडेका एक  कर्मचारीले कम्पनीमा बसेर फाइदा नहुने र निस्कदा एकमुष्ट रकम पाउने भएकाले अवकासको बाटो रोजिएको बताए ।   ‘त्यही पैसा बैंकमा राखे राम्रो ब्याज आउँछ । तर बसिरहँदा अवकासपछि पाउने फाइदाप्रति विश्वस्त हुन सकिने अवस्था छैन’, उनले भने ।

निगममा व्यवस्थापनले हालै दुई वटा एअरबस ३३० – २०० सेरिजका बाईड बडीका जहाज भित्र्याए पनि यो व्यवस्थापनबाट संंस्थानका सुधार हुन सक्ने अवस्था नदेखिएको असन्तुष्ट कर्मचारीहरुको भनाई छ ।

के भन्छन्  प्रबन्ध निर्देशक ?

 

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले १५ सय कर्मचारीमा एक दुईजना कर्मचारीले आफूलाई फेल गराउन लागिपरेको प्रतिक्रिया दिए ।

उनले ती कर्मचारीले जथाभावी आफ्नो र कम्पनीको बारेमा नराम्रो हल्ला फैलाएको दाबी गर्दै भने, ‘एक जना कर्मचारी पीआरवालाले जागिर छाडेको हो । अर्को दुईजनाले दुई/चार बर्ष बाँकी रहेपनि अहिले आफ्नो घरायसी कामको समस्या देखाउँदै छाडेका हुन् । अर्को एक जनाले प्रमोशन भएन भनेर जागिर छाडे । प्रमोशनपनि उहाँलाई लिएको परीक्षामा फेल भएपछि रोकिएको हो । हामी व्यवस्थापनको कुनै दोष छैन।’

थोरैमात्र कर्मचारी कम्पनीको विरुद्धमा लागेको उनले बताए । उनले एक दुई जना कर्मचारीले जागिर छाड्दा कम्पनीलाई कुनै फरक नपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको