विश्वमा नेपालको छवि उज्यालो भएको छः परराष्ट्रमन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

 

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले दुई मित्रराष्ट्र भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताएका छन् ।

गुल्मीको रिडीमा नेपाली सेनाद्वारा निर्माणधीन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी, पूर्तिघाट, बाग्लुङ्ग सडकको १० किलो मिटर सडकको उद्घाटन गदै मन्त्री ज्ञवालीले दुई मित्र राष्ट्रसँगको समबन्ध नयाँ उचाइमा पुगेकाले बिश्वमा नेपालको छबि उज्यालो भएको बताए ।

‘नेपालले सबै मित्र राष्ट्रहरुसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथामिकतामा राखेर अगाडि बढेका छौं,’ मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीलले शान्ति सदभाव कायम राख्दै सबै मित्रहरुसँग अगाडि बढ्न चाहेको बताए ।

विश्वमै आर्थिक हिसाबले फड्को मारिरहेका दुई छिमेकी मित्रहरुसँग सुधि्रएको सम्बन्धले नेपाललाई धेरै फाइदा मिल्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

नेपाली सेनाद्वारा निर्माणधीन कालिगण्डकी करीडोर सडकको १० किलो मिटर सडक चौडा पार्ने काम तोकिएको समयमै पूरा गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । उनले यो करिडोरलाई पूरा गर्न उच्च प्रथामिकता दिन मित्र राष्ट्र चिनलाई आग्रह गरेको समेत बताए ।

यो मार्ग हुँदै भारत र चीनसँग जोडिने मार्ग रहेकाले यस सडकको स्तरोन्नती गर्न सरकारले उच्च प्रथामिकतामा राखेको बताए । मन्त्री ज्ञवालीले अर्को वर्षसम्म बाग्लुङ्गको मलढुंगासम्मको सडकको स्तरोन्नती हुने बताए ।

भारत हुँदै लुम्बिनीबाट छिरेका पर्यटक कालिगण्डकी करिडोर हुँदै कोरला नाकाबाट चिनसम्म पुग्न सकिने बताए । यो मार्ग दुई मित्रराष्ट्रसँग जोडिने मार्ग रहेकाले छिमेकी चिन राष्ट्रसँगको समकक्षीसँग नाका खुलाउन र स्तर उन्नती गर्न पहल भैरहेको बताए ।

गुल्मी बुटवल सडक अन्तर्गत सिद्धबाबाको जोखिमलाई अत्य गर्न सुरुङ्ग मार्ग बनाउन केन्द्र सरकारले प्रथामिकतामा राखेको समेत जानकारी दिए ।

मन्त्री ज्ञवालीलले अब देश नयाँ युगमा प्रबेश गरेको भन्दै देशको स्थिरता र जनताले समृद्धि चाहेकाले दलगत स्वार्थ भन्दा माथी उठेर बिकासका कामहरु अगाडि वढाउँदै जाने सरकारको मुख्य उदेश्य रहेको ज्ञवालीको भनाइ छ ।

सडक उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एबं राष्ट्रिय सभा सदस्य दीनानाथ शर्मा, प्रदेश नम्बर ५ का सामाजिक बिकासमन्त्री सुर्दशन बराल, प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ, खड्ग केसी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायतले यो मार्गले गुल्मीको भबिष्य कोर्ने काम गरिरहेको बताए ।
सेनाले गएको वैशाखकको दोस्रो हप्ता १० मिटर चौडा पार्ने कामको जिम्मा लिएको थियो । उक्त सडकखण्डको रुद्रबेनीसम्मको सड्कलाई चौडा पारेर १० मिटरको बनाउने कामको ३ महिना समय अबधि रहेकाले समय अबधिमै काम सम्पन्न गर्न सफल भएको भट्टाइले बताए । हाल ७ मिटरको रहेको ट्याक रहेको सड्क चौडा पारेर १० मिटरको बनाइएको छ ।

सेनाले यसअघि करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरी करिब ८० किलोमिटर सड्कको ट्याक सेनाले नै खोलेको थियो ।

करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्री कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल गठन गरेका सेनाले सडक निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...