तरुण दल सभापति रोहितको हत्या गर्ने देवबहादुर को हुन् ?



 

 

नेपाल तरूण दलले आफ्ना नगर सभापतिको हत्या भएको विरोधमा रोल्पा जिल्ला बन्द गरेको छ । तरुण दलले हत्यारालाई हदैसम्मको कारबाही माग गरेको छ ।

 

लिवाङ नगरसमितिका तरूण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय रोहित पुनको आइतबार गोली हानी हत्या भएको विरोधमा तरुण दलले सोमबार जिल्ला बन्द आह्वान गरेको हो ।

तरूण दल रोल्पाका अनुसार सोमबार बिहान ८ बजेदेखि रोल्पा बन्द गरेको र बन्द बेलुका ४ बजेसम्म कायमै रहनेछ ।

 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् डिएसपी दीपक खड्काले तरूण दलका सभापति रोहित पुनको गोली हानी हत्या गरेको अभियोगमा रोल्पा नगरपालिका १० धबाङ निवासी एवम् पूर्वमाओवादी कार्यकर्ता देववहादुर घर्तीलाई पक्राउ गरिएको बताएका छन् ।

 

पक्राउ परेका देवबहादुर घर्तीको साथबाट एकथान कटुवा पेस्तोलसमेत बरामद भएको प्रमुख खड्काले बताए ।

 

तरूण दलका सभापति रोहित लम्जुङ, पोखरा भ्रमण गरेर आइतबार मात्रै गृह जिल्ला रोल्पा आएका थिए । सुनिल स्मृति गाउँपालिकास्थित सुलिचौर बजार हुँदै घरतर्फ जाँदै गर्दा रोहितलाई देवबहादुर घर्तीको समूहले हत्या गरिदिएको थियो ।

 

रोहितसँगै भ्रमणमा सँगै गएका तीनजना युवालाई प्रहरीले सोधपुछ र अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै युवाहरू वाईसिएल निकटका व्यक्ति हुन् ।

 

आइतबार सवा ५ बजेतिर पाण्डवेश्वरी यातायात समितिको काउन्टर उद्घाटनस्थल नजिकैबाट तरूण दलका सभापति रोहित पुनलाई देववहादुर घर्तीका युवाहरूले चियाखान जाम दाई भन्दै बोलाएर लगेको जनाइएको छ । त्यही क्रममा रोहितमाथि गोली प्रहार भएको थियो ।

रोल्पाका डिएसपी खड्काले दुई समूह बीचको झगडाको मुख्य कारण टेन्डर नै भएको दाबी गरेका छन् ।

 

तरूण दलका अध्यक्ष रोहित पुनलाई गोली हानेर हत्या गरेको अभियोग लागेका धबाङका देववहादुर घर्ती वाईसियलका स्थानीय नेता हुन् । उनी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वर्षमान पुनको प्रचार प्रसारमा सक्रियतापूर्वक लागेका थिए ।

 

रोहित पुन हत्याको अभियोग लागेका देवबहादुर घर्ती माघ महिनामा एक व्यक्ति हत्याको प्रयास गरेको मुद्दामा छुटेका थिए । देवबहादुर घर्ती सत्ताको आड र माओवादी नेताहरूको संरक्षणमा रोल्पामा गुणगर्दी गर्दै आएका थिए । यसअघि पनि देवबहादुर घर्तीविरुद्ध प्रहरी समक्ष दर्जनौ मुद्दा दर्ता भएका छन् ।

 

नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले तत्कालीन माओवादीले रोहित पुनलाई निशासना बनाउँदै आएको बताए । सत्ताको आडमा रोहित पुनका दोषीलाई कारबाही नगर्ने हो कि भनेर प्रहरीमाथि प्रश्न उठेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको