१० किलो सुनसहित दुई जना प्रहरीको फन्दामा



 

 

 

 

प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ।

बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ।प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलाे सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।

छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलाे सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए। गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेकोहाे।

दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो।

च्याङचिनले काठमाडौं सुन पुर्‍याएबापत तीन हजार घुर्मु (नेपाली ५० हजार) दिने सहमति भएपछि उनीहरुले सुन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘काठमाडौंका व्यापारीले फोन गर्छन् भनेर हाम्रो नम्बर राखे, उनीहरुको नम्बर हामीलाई दिएनन्,’ छिरिङ र लोप्चनले प्रहरीसँगको बयानमा भने। सडक सञ्जाल नपुगेको छेकेम्पारका स्थानीय स्यात्ला नाकाबाट तिब्बतीयन बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि जाने गरेका छन्।

छड्के चेकजाँचको क्रममा प्रहरी फन्दामा परेका छिरिङ र लोप्चनले प्रहरीलाई प्रलोभन देखाएका थिए। ‘पहिले पाँच किलो दिन्छौँ हामीलाई छाडिदे भनेछन्, पछि हामीलाई छाडिदिनुस् १० किलो नै राख्नुस पनि भनेछन्,’ एसपी बस्नेतले भने।

संगठनप्रति इमान्दार भई काम गरेको भन्दै सिर्दिवास प्रहरी चौकिका प्रहरी नायब निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार नगद २१ सयसहित सम्मान गरेको छ। ‘संगठनप्रति इमान्दार बनेर कार्यकुशलता प्रर्दशन गरेकाले हामीले उहाँलाई सम्मान गरेका हौँ,’ एसपी बस्नेतले भने।

खुल्ला सिमानाका कारण अवैध तरिकाले समान ओसार पसार हुन सक्ने आशंकमा यहाँको स्थानीय प्रशासनले हेलिकप्टर चेकजाँचमा कडाइ गरेको छ। हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको