१० किलो सुनसहित दुई जना प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

 

 

प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ।

बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ।प्रहरीका अनुसार छिरिङले गलबन्दीभित्र सुन राखी बाहिरबाट सिलाएर कम्मरमा बेल्ट जस्ता बनाएर ५ किलाे सुन र सात तोलाको दुई थान कुन्दरा, १ तोलाको दुई थान टप अवैध रुपमा चीनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ।

छिरिङसँगै रहेका लोप्चनले रातो झोलामा ५ किलाे सुन बोकेको एसपी बिमल बस्नेतले जानकारी दिए। गत शनिबार पक्राउ परेका उनीहरुलाई दुई दिन लगाएर प्रहरीले सिर्दिवासबाट सदरमुकाममा ल्याएपछि सोमबार सार्वजनिक गरेकोहाे।

दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको जोङ बजार पुगेका छिरिङ र लोप्चनको स्थानीय व्यापारी च्याङचिनसँग चिनजान भएको थियो।

च्याङचिनले काठमाडौं सुन पुर्‍याएबापत तीन हजार घुर्मु (नेपाली ५० हजार) दिने सहमति भएपछि उनीहरुले सुन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘काठमाडौंका व्यापारीले फोन गर्छन् भनेर हाम्रो नम्बर राखे, उनीहरुको नम्बर हामीलाई दिएनन्,’ छिरिङ र लोप्चनले प्रहरीसँगको बयानमा भने। सडक सञ्जाल नपुगेको छेकेम्पारका स्थानीय स्यात्ला नाकाबाट तिब्बतीयन बजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि जाने गरेका छन्।

छड्के चेकजाँचको क्रममा प्रहरी फन्दामा परेका छिरिङ र लोप्चनले प्रहरीलाई प्रलोभन देखाएका थिए। ‘पहिले पाँच किलो दिन्छौँ हामीलाई छाडिदे भनेछन्, पछि हामीलाई छाडिदिनुस् १० किलो नै राख्नुस पनि भनेछन्,’ एसपी बस्नेतले भने।

संगठनप्रति इमान्दार भई काम गरेको भन्दै सिर्दिवास प्रहरी चौकिका प्रहरी नायब निरीक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार नगद २१ सयसहित सम्मान गरेको छ। ‘संगठनप्रति इमान्दार बनेर कार्यकुशलता प्रर्दशन गरेकाले हामीले उहाँलाई सम्मान गरेका हौँ,’ एसपी बस्नेतले भने।

खुल्ला सिमानाका कारण अवैध तरिकाले समान ओसार पसार हुन सक्ने आशंकमा यहाँको स्थानीय प्रशासनले हेलिकप्टर चेकजाँचमा कडाइ गरेको छ। हेकिलप्टरमा कडाइ गरेपछि पैदल मार्ग भएर सुन ओसारपोसार हुन थालेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...