जनवर्गीय संगठनको एकताबारे ओली–प्रचण्डबीच छलफल



 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय संगठनको एकताको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय संगठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ । सचिवालयको बैठकले आवश्यक निर्णय लिने र एकता प्रक्रियालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष दाहालबीच छलफल भएको हो ।

सो अवसरमा अध्यक्ष दाहालको चारदिने भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो । समग्रमा राजनीतिक विषयभन्दा पनि विकासनिर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको