वार्तामा बोलाउने भन्दै किन समाउन खोज्दैछ सिके राउत र विप्लवलाई सरकारले, यस्तो रहेछ कारण



 

 

 सरकारले राजनीतिक माग लिएर आन्दोलनमा रहेका विभिन्न समूहसँग वार्ताका लागि औपचारिक आह्वानको तयारी गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीले छिटै औपचारिक रुपमा नै वार्ताका लागि आह्वान गर्न लागेको छ ।

सरकारले नेकपाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

 

समितिकी सदस्य लिला भण्डारीले यसअघि विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयनको अवस्था, वर्तमान समयमा भइरहेको आन्दोलनलगायतका पक्षको अध्ययन गर्ने काम भइरहेको जानकारी दिइन् ।

 

‘‘मुलुकका सबै विद्रोही समूह र पार्टीसँग वार्ता हुन्छ । वार्ता र सम्वादमार्फत नै समस्याको समाधन खोजिन्छ,’’ भण्डारीले भनिन् । समितिले अहिले नेपालमा हिंसात्मक गतिविधिमा संग्लन समूहको पहिचान, उनीहरुका गतिविधि सबै पक्षबारे जानकारी लिने प्रारम्भीक काम गर्दै आएको छ ।

 

स्रोतका अनुसार आजभोलि नै वार्ताको लागि औपचारिक आह्वान गर्ने तयारी छ । राजनीतिक रुपमा विप्लव नेतृत्वको नेकपालाई सरकारले गम्भीरतापूर्वक लिइरहेको र उसका गतिविधि हिंसाउन्मुख रहेको निष्कर्ष निकालेको गृहका एक अधिकारीले बताए ।

‘‘यसअघिका सरकारले विभिन्न ३० भन्दा बढी समूहसँग वार्ता र सम्झौता गरेको तर सम्झौता कार्यान्वयन गरेको देखिँदैन, तर यसका पछाडि मुलुकको राजनीतिक अवस्था लगायतका कारण देखिन्छन्,’’ ती अधिकारीले भने ।

 

पछिल्लो समयमा सरकार विप्लव नेतृत्वको नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । विप्लवका प्रवक्ता तथा पूर्वमन्त्रीसमेत रहेका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथोपटक पक्राउ परिसकेका छन् । प्रकाण्डविरुद्ध दाङमा हत्या अभियोगमा मुद्दा चलाईएको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार पछिल्लो ४ महिनामा देशभरबाट विप्लव र सिके राउत समूहका १२५ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

 

२ दर्जनबढी हिंसात्मक समूह रहेको र ५ देखि ७ सम्म राजनीतिक समुहसँग वार्ता गर्ने मनस्थितिमा सरकार रहेको स्रोतले जानकारी दियो । गृहका एक अधिकारी भन्छन्, “थोरै मात्र राजनीतिक समूह छन् तर अधिकांश समूह आपराधिक र हिंसात्मक देखिन्छन् तर जायज मागका विषयमा वार्ता गर्ने मुडमा सरकार छ ।’’

 

सिके राउत खोज्दै प्रहरी 

सरकारले वार्ताका लागि सबै पक्षलाई आह्वान गर्ने तयारी गरेका बेला नेपाल प्रहरीले भने सिके राउतलाई खोज्ने अभियान तीव्र बनाएको छ । तराईमा विखण्डनको नारा लगाउँदै आएकाले खोजि तीव्र पारेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार राउत पछिल्लो समय अर्धभूमिगत अवस्थामा छन् ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले राज्यको नीति नियम नमान्ने सबै समूहमाथी प्रहरीले सदैव निगरानी राख्दै आएको बताए ।  तर प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘‘गोप्य रुपमा सिकेका गतिविधि राज्यको कानुनलाई चुनौती दिने खालका छन्, हामी राउतलाई देख्नेबित्तिकै समातेर राज्यविप्लवको मुद्दा चलाउँछौं ।’’

 

प्रहरी स्रोतका अनुसार राउत पनि पछिल्लो समय भारत र नेपाल आउने–जाने गर्दै आएका छन् । राउतलाई पटक–पटक समातेर राज्यविप्लवको मुद्दा चलाइदै आएको भएपनि उनी अदालतको आदेशअनुसार रिहा भइरहेका छन् । ‘‘राउतका गतिविधि निकै खतरनाक रहेको सूचना र केही प्रमाण पनि फेला परेका छन्, आन्तरिक सुरक्षामा राउतका गतिविधि चुनौती बन्न सक्छन्,’’ ती अधिकारीले  भने ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको