नेपालगञ्ज पुगेर किन रन्किए देउवा ? पार्टी एकता हुन नदिने अन्तरघातीलाई यसरी सिकाए सबक



 

नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् ।

जननायक बिपी कोइरालाको १०५ औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

 

‘बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिनँ । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कार्वाही हुन्छ ।’

 

सभापति देउवाले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नाले नै दुष्मन देख्ने प्रवृति हारको कारण बन्यो ।’ उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाए ।

 

लोकतान्त्रिक पद्दतीको बाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नु पर्ने उनको भनाइ थियो । नेपाल ट्रेड युनियन कांग्र्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत लगायतका नेताले प्रशिक्षण दिने जनाइएको छ ।

 

कांग्रेसभित्र गुटको गन्जागोल, भागबन्डा मिलाउन देउवालाई सकस

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ भदाैं को लागि तय गरिएको केन्द्रीय कार्य बैठक अघिल्लो दिन विज्ञप्ती जारी गरेर एक्कासी स्थगित गरे। यो बैठकमा केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठन गर्ने कार्यसूचि तयार थियो।

कार्यसूचीसहित निर्धारित बैठक स्थगित गर्नुपर्ने कुनै विशेष वा  आपतकालीन कारण केही थिएन । गुटहरुलाई भागबन्डा मिलाउन नसकेको झोंकमा देउवाले बैठक नै स्थगित गरेर तनावमुक्त बस्ने बाटो रोजे । डाकिसकेको बैठक यसअघि पनि भागबन्डा विवादका कारण पटकपटक स्थगित भएको छ।

देउवाले अघि सारेको दुई समिति गठनको बिषयलाई लिएर बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतले असन्तुष्टी जनाएपछि बैठक नै सार्न देउवा बाध्य भएको बताइन्छ।
स्रोतका अनुसार सभापति देउवाले असन्तुष्ट नेता पौडेललाई केन्द्रीय कार्य सम्पादन समितिमा मनोनित हुने २२ मध्ये ११ को नाम सिफारिस गर्न गर्न भनेका थिए।

देउवा र पौडेलको सहमति अनुसार पौडेल पक्षबाट ११ जनाको नाम दिन पौडेल राजी पनि भएका थिए। अर्का असन्तुष्ट नेता कृष्णप्रसाद सिटौलाको गुटलाई पनि समेट्ने बिषयमा पौडेल समूहमा कुरा मिलेन । सिटौलाले आफ्नो गुटको जिम्मा नलिन पौडेललाई भनेपछि भागबन्डा विवाद थप जटिल बन्यो ।

गत महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीसमेतको पहलमा कार्य सम्पादन समितिमा सिटौलालाई पनि समेट्न देउवालाई दबाब दिइएको थियो । यसअघि नै पौडेलले सिटौलालाई आफू मनाउन नसक्ने भन्दै देउवालाई नै त्यसको जिम्मा लिन भनेका थिए।

पौडेलले ‘केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठन गर्दा सिटौलाजीलाई तपाईं नै मनाउनु होला, म उहाँको जिम्मा लिन सक्दिन’ भनेपछि देउवाले बुधबार साँझ एक्कासी बिज्ञप्ती जारी गर्दै २८ भदौमा बैठक सारेका हुन् ।

देउवाले बैठक एकपछि अर्को कारण देखाउँदै सार्नुलाई पौडेल–सिटौला समूहले झारा टार्ने र एकलौटी ढंगले अघि बढ्ने षडयन्त्र भनेका छन् । असन्तुष्ट नेता अर्जुननरसिं केसीले आफ्नै निवास गंगबुमा शुक्रबार बोलाएको असन्तुष्ट नेताहरुको भेलाले देउवाको एकलौटे शैलीविरुद्ध डटेर प्रस्तुत हुने निश्कर्ष निकालेको थियो ।

बैठकमा नेता पौडेल, सिटौला, केसी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत लगायतको उपस्थिति थियो। बैठकमा कोइराला परिवारका सदस्य डा. शेखर कोइरालालाई बोलाई पनि उनी बिराटनगरमा भएकोले उपस्थित हुन सकेनन् र टेलिफोनबाट छलफलमा आफ्नो समर्थन रहेको बताएका थिए ।

देउवाले १३ औं महाधिवेशनबाट नेतृत्व समालेको करिब अढाइ वर्ष वितिसकेको छ । बिधानमा २ महिनाभित्र पार्टीका सबै निकायको गठन र त्यसलाई पूर्णता दिइसक्नु पर्ने दायित्व पुरा गर्न सकेका छैनन्। सभापति देउवा आफूलाई काम गर्न असन्तुष्ट नेताहरुले असहयोग र बाधा खडा गरेको बताउँदै आउका छन्।

सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा सभापति देउवाले वैद्यानिक रुपमा काम गर्न केन्द्रीय कार्य सम्पादन समिति, अनुशासन समिनि र अन्य विभाग गठ नगर्न खोज्दा शीर्ष नेता र गुटको दबाब र प्रभावले समस्या भएको बताए । उनले भने, निर्वाचित नेतृत्व र बहुमतलाई गुटहरुले बन्धक बनाउन खोज्नु गलत हो ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी सभापति देउवाले आफू काम गर्न नसक्नु दोष अरुलाई दिँदै हिँडेको बताउँछन। ‘हाम्रो सभापतिजीलाई विधान बमोजिम काम गर्न केही अप्ठ्यारो परेको छैन्’, भण्डारी भन्छन, ‘उहाँ बुढो भइसक्नु भयो, गुट चलाए जस्तै गरी पार्टी चलाउन खोज्नु र सिमित मान्छेको इसारामा चल्दा केही गर्न नसक्नु भएको हो।’

‘देउवाले चाहेको खण्डमा केन्द्रीय कार्य समितिमा कुनै पनि निर्णय रोकिन्न । हालै पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री चयनबाटै यसको पुष्टि भइसकेको छ , भण्डारीले भने ‘बहुमतकै आधारमा पदाधिकारीको नियुक्ति उहाँले गर्नु भएको हो, अहिले पनि चाहेको निर्णय गराउन सक्नु हुन्छ।’

देउवा निकट विश्वकर्माका अनुसार सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलको परमर्शमा केन्द्रीय कार्य सम्पादन समिति, अनुशासन समिति र अन्य विभाग गठनको तयारीमा जुटेका थिए। तर पछि पौडेल र सिटौलाहरुले अबरोध गरेका थिए । एक पछि अर्को बाहनामा देउवालाई काम गर्न नदिएर असफल देखाउने प्रयास भइरहेको आरोप संस्थापन पक्षको छ । विभाग र समिति गठन भएनन् भन्ने अनि सहमतिमा नाम दिनुपर्‍यो भन्दा नाम नदिएर अड्काउने । यो के चाला हो ? विश्वकर्माले भने ।

‘१४ औं महाधिवेशनलाई लक्षित गरेर सभापतिलाई अहिलेदेखि नै अप्ठ्यारोमा पार्ने र दबाब दिने खेल सुरु भएको छ, विश्वकर्मा भन्छन्, ‘यसले कांग्रेसप्रति जनताको सकारात्मक सन्देश दिन सकिँदैन।’

सभापति देउवाले आगामी १४ औं महाधिवेशनमा समेत नेतृत्वका लागि इच्छा देखाएपछि देउवाबिरुद्ध विभिन्न गुटहरुको मोर्चाबन्दी सुरु भएको छ । महाधिवेशनको म्यान्डेटअनुसार काम गर्न नसकेको र पार्टीको भूमिका कमजोर हुँदै गएको भन्दैं १३ औं महाधिवेशनमा देउवासँग पारजित पौडेल र सिटौला तथा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार भएका केसी समेत एकै ठाउँमा आएका हुन्।

गत महाधिवेशनमा पौडेल गुटबाटै महामन्त्रीमा निर्वाचित भएका बीपी पुत्र डा. शेखर कोइराला पनि आफू मध्यमार्गीको भूमिकामा रहेर सभापति देउवासँग भागबण्डा खोज्न थालेका छन्। डा. शशांकलाई कोइराला परिवारका दुई सदस्य डा. शेखर र सुजाताले देउवाबिरुद्ध लाग्न दबाद दिएका छन्।

देउवाबिरुद्धको मोर्चाबन्दीमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह पनि देउवाको विरुद्धको अभियानमा सक्रिय देखिन्छन् । देउवबिरुद्धको मोर्चाबन्दीमा लागेका पौडेल, सिंह,सिटौला, कोइराला, केसीहरुबीच  पनि नेतृत्व कसले लिने भन्ने बिषयमा समझदारी बन्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको