छविलाल रिहा, गंगामाया फेरि अनसन बस्ने, भनिन् अब म बाँच्नुको अर्थ छैन



 

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल रिहा भए लगत्तै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी फेरि अनसन बस्ने भएकी छिन् । आफूमाथि अन्याय भएको भन्दै गंगामायाले अनसन बस्ने घोषणा गरेकी हुन् ।

 

आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले अनसन तोडेकी गंगामायाले सञ्चारकर्मीहरुसँग भनिन्, ‘अब फेरि अनसन बस्छु ।’

 

आइतबार चितवन जिल्ला अदालतका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेपछि डिल्लीबजार कारागारमा थुनामा रहेका पौडेल सोमबार बिहान रिहा भएका छन् ।

 

अदालतबाट सफाइ पाएका अभियुक्तहरूमा पौडेलसँगै भीमसेन पौडेल, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, भीमलाल अधिकारी, सीता अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी, रामप्रसाद अधिकारीलगायत छन्।

 

‘प्रतिवादीहरूले कृष्णप्रसादलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित प्रमाणबाट अभियोग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर छ’, फैसलामा उल्लेख छ।

गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरस्थित हजुरबुवा–हजुरआमा भेट्न गएका बेला २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यो बेला हत्याको जिम्मेवारी नेकपा माओवादीले लिएको थियो । घटनापछि कृष्णप्रसादका दाजु र बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

 

तर, कारबाही नभएपछि छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनमा बसे । अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो ।

 

कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो। आमा गंगामायाले केहीअघि अनशन तोडेकी थिइन् ।

 

अब फेरि अनसन बस्छु : गंगामाया

यसैबीच कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले फेरि अनसन बस्ने बताएकी छिन् । आफूमाथि अन्याय भएको उनको भनाई छ । उनले भनेकी छिन्, ‘म अनशन बस्छु । राज्य र मानवअधिकारवादीले मलाई ठगे । यो देशमा न्याय पाइँदैन ।’

 

उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छन् । उनले सञ्चार माध्यमहरुसँग भनेकी छिन्, ‘अब मैले बाँच्नुको केही अर्थ रहेन। बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ ।’ उनले अघिल्लोपटक गलत आश्वासनमा परेर अनशन तोड्ने अवस्थामा पुगेको बताइन् । भनिन्, ‘मेरा छोराका हत्यारालाई आज अदालतले सबैलाई सफाइ दिएको सुनें । अब म केका लागि बाँच्नु? बाँच्दिनँ ।’

कृष्णप्रसाद हत्याका आरोपितमध्येका एक छविलाल पौडेललगायतका आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले पछिल्लोपटक अनशन तोडेकी थिइन् ।

 

उहाँहरुलाई पछतो हुनेछ : छविलाल

 

अदालतबाट सफाइ पाएका छविलाल पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको र उजुरी हाल्नेलाई पछुतो हुने बताए । भने,‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो । उहाँहरुलाई पछतो हुनेछ ।’

उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति राम्रो होस् भन्ने काममना समेत गरे । ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको