प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई आज, यस्ता छन ४ उजुरी



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई हुँदैछ ।

मिश्रको सुनुवाइका लागि संसदीय सुनुवाई समितिको बैठक सिंहदरवारमा बस्दैछ ।

मिश्रको नाम समितिले अनुमोदन गरे परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको हो । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

समितिका अनुसार मिश्रबिरुद्ध ४ वटा उजुरी परेका छन् । समितिलेले उजुरीकर्तासँग यसअघि नै छलफल गरिसकेको छ ।

कृष्णप्रसाद अधिकारी हत्याकाण्ड :  छविलाल पौडेल रिहा

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका  छविलाल पौडेल सोमबार रिहा भएका छन् ।

 

जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला आइतबार गरेको थियो । सोसँगै फुजेलकै पौडेल रिहा भएका हुन् ।
उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका थिए ।

 

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो ।

 

एसएलसी परीक्षा दिएर चितवनको जयमंगगलामा रहेका हजुरबुवा र हजुरआमा भेट्न आएका कृष्णप्रसादको अपहरणपछि पछि रत्नगरमा हत्या भएको थियो ।

 

मृतक कृष्णका बुवा नन्दप्रसाद छोराका हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए । त्यसको  डेढ वर्षपछि मृतकको दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

 

मृतकको बुवा नन्द्रपसाद र आमा गंगामाया अधिकारीले छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरशण अनशन थालेपछि ३० चैत २०७० मा जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको थियो ।

 

१३ जना प्रतिवादीविरुद्ध जन्मकैदको मागसहित मुद्दा दायर भएपनि जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै ४ वैशाख २०७१ मा ७ जनालाई धरौटीमा छाडेको थियो ।

 

जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत हेटौंडामा मुद्दा दायर भएकोमा पुनरावेदन अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेपछि उक्त मुद्दा सर्वोच्चमा पुगेको थियो ।

 

सर्वोच्च अदालतले ६ पुष २०७२ मा अन्य प्रतिवादीको हकमा जिल्लाकै फैसला सदर गरेपनि छबिलाला पौडेललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार गत असार २५ गते अदालतमा आफैं उपस्थित भएका छबिलाल अहिले डिल्लीबजार कारागारमा थिए ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

यसैगरी घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

 

घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताउनुभयो । बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ ।
उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।

 

माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने दिने सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ ।

 

घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको बताउनुभयो । कम्पनीसँग सम्झौता भइसकेको र ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माण कार्य अघि बढ्ने छ ।

सम्झौतामा कम्तीमा रु १० करोडको लगानीमा फोहरबाट ऊर्जा उत्पादन हुने छ । त्यसको लागि राज्यले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफैँ कम्पनीले लगानी गर्नुपर्ने छ । सम्झौताअनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफैँ निर्माण गर्नुपर्ने छ ।

उक्त कम्पनीसँग भएको सम्झौताअनुसार २० वर्षसम्म फोहरबाट ऊर्जा उत्पादन गर्नेछ । सम्झौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । छनोट भएको कम्पनीले गल्ने फोहरबाट ग्यास उत्पादन गरी बजार व्यवस्थापन पनि गर्ने छ । त्यसैगरी कम्पोष्ट मलसमेत उत्पादन गर्न सक्ने छ ।

अहिले संरचना निर्माणका हुने क्षेत्रको अध्ययन गरी प्रतिवेदनको समेत काम अन्तिम अवस्थामा पुगेको उपमहानगरपालिकाले जनाएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणस्थलको अध्ययन गरी प्रतिवेदन निर्माणको कामसमेत अन्तिम अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...

फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

    नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै...