फुजेल घटनाका आरोपी छविलाल रिहा



 

कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान छुटेका हुन् ।

 

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ ।

रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक डिल्लीबजार कार्यालय पुगेका थिए । समर्थकले पञ्चेबाजासहित र्‍याली निकालेका थिए ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उनी भने उपस्थित भएनन् ।

रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’

प्रतिक्रिया दिनुहोस
८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र

अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय

    मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न

राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक