मुख्यमन्त्री शंकर पोखरेलाई खुलेन बालुवाटारको ढोका ! प्रधानमन्त्री ओलीले भेट्नै मानेन्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट र विश्वासी नेता हुन् प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीलाई पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको यात्रा गराउन निकै ठुलो मेहेनत गरेको पोखरेल विश्वासको संकटमा परेका छन् ।

 

ओलीले पनि मुख्य सल्लाह पोखरेलबाटै लिने गरेका थिए । तर मुख्यमन्त्रीहरुको पोखरा भेलापछि प्रधानमन्त्री आक्रोसित बनेका छन् ।

 

 

प्रधानमन्त्री ओलीलाई भेट्न पोखरेलका लागि जतिबेला पनि बालुवाटार खुल्लै थियो । तर मुख्यमन्त्रीको भेलापछि बालुवाटारको ढोका केही दिनदेखि बन्द छ । पोखरेलले प्रधानमन्त्री ओलीलाई भेट्न बारम्वार प्रयास गरेका छन् तरपनि भेट पाउन सकेका छैनन् ।

 

 

केन्द्र सरकारले सवै अधिकार आफ्नै मुठ्ठिभित्र राख्यो भन्दै ६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका थिए । भेलाको आयोजना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुड पनि ओलीको ब्ल्याक सूचिमा परेका छन् । मुख्यमन्त्रीको भेलाबाट आफुलाई घेराबन्दी गर्न खोजिएको आशंका गर्दै प्रधानमन्त्री ओली रुष्ट बनेका हुन् ।

 

 

नेकपाका प्रभावशाली नेतासमेत रहेका पोखरेल र प्रधानमन्त्री ओलीबीच पोखरा भेला भइरहेका बेला टेलिफोन संवाद भएको थियो । टेलिफोनमै प्रधानमन्त्रीले असन्तुष्टी पोखेपछि उनले ७ बुँदेमा हस्ताक्षर नै नगरी काठमाडौं फर्किए । काठमाडौं फर्किएलगतै प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए तर भेट पाउन सकेका छैनन् ।

 

 

मुख्यमन्त्रीहरुले भेला गरी आफुलाई दवाव दिन खोजेको स्पष्ट संकेत पाएपछि ओलीले अन्तर प्रदेश परिषदको पहिलो बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । बैठक आइतवार बोलाइएको थियो ।

 

बैठकमा सहभागि हुन मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका थिए तर प्रधानमन्त्रीको आदेशमा उनीहरुलाई स्थगितको पत्र थमाइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...