हिमालको पानी विदेशमा बेच्ने खानेपानी मन्त्री बिना मगरको त्यो सपना, दाहाल-मोदी भेटसँगै साकार हुँदै



 

सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक बनेपछि खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको सपना साकार हुने भएको छ ।

 

मन्त्री मगरले नेपालको हिमालको पानी विश्वबजारमा बेचेर नेपालले ठूलो आम्दानी गर्न सकिने सपनालाई योजनाका रुपमा अगाडि बढाइरहँदा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीको केहि मिनेटको छलफलले साकार बनाइदिने भएको हो ।

 

नेपाली जनतालाई खानेपानीको सेवा सुविधा पुर्याएपछि विदेशमा हिमालको पानी बेच्ने खानेपानी मन्त्री बिना मगरको सपना साकार हुने भएपछि सबैमा खुसी छाएको छ ।

 

खानेपानी मन्त्री मगरले पटक–पटक नेपालका हिमतालका पानी विदेशमा बेच्ने बताउँदै आउनुभएको थियो । तर सो विषयलाई कतीपयले सस्तो चर्चा भन्दै आलोचना गरेपनि अन्न्तत मन्त्री मगरको सपनाले मुक्तरुप लिने भएको हो ।

 

मन्त्री मगरको यो योजनालाई केहीले पूरा नहुने सपनाको रुपमा समेत व्याख्या गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले शनिबार मोदीसँगको भेटका क्रममा नेपालको पानी बेच्ने सन्दर्भमा कुराकानी गर्नुभएको थियो ।

 

प्रचण्डको सचिवालयले भनेको छ, ‘एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भयो ।’ सचिवालयले जनाएअनुसार प्रचण्डको प्रस्तावमा मोदी सकारात्मक हुनुहुन्छ। मन्त्री मगरको योजना अनुसार नै प्रचण्डले उक्त प्रस्ताव मोदीसँग राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका