को को बन्दैछन् नयाँ एआइजी ?, वरियता नमिचिए पुष्कर कार्की एक नम्बर



 

सरकारले पाँच महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा प्रक्रिया बढाएको छ ।

 

प्रहरी जवान देखि डीआइजी सम्म रिक्त सबै पदमा बढुवा भएपनि गृह र प्रहरी नेतृत्वको अरुचीको कारण एआइजी बढुवा भने रोकिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले बढुवामा चासो दिएपछि गृहले गृहकार्य थालेको हो । बढुवाको बिषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भारत जानुअघि नै प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

 

प्रचण्ड भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । प्रचण्ड आए लगत्तै सहमति जुटाएर बढुवा समितिको बैठक बोलाउने तयारी छ ।

 

त्यसका लागि गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहेका बढुवा समिति गठन हुन्छ ।

 

सोही समितिको सिफारिसमा सरकारले बढुवा गर्ने नियम छ ।
२७ चैत २०७४ मा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै एआइजी बढुवा रोकिएको थियो ।

 

यसअघि पनि गृह मन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अवकासमा जान लागेका डीआइजीलाई बढुवा दिन नहुँने भन्दै बढुवा प्रक्रिया रोकेका थिए ।

 

त्यो सँगै २०४५ असार ३० गते प्रहरी सेवा प्रवेश गरेका उत्तम कार्की, खरेल, जोशी, ज्ञानविक्रम शाह र शरद चन्द ३० वर्षे सेवाअवधिका कारण नियमित अवकासमा गएका छन् ।

यसपछि वरिष्ठ डीआइजी पुस्कर कार्की सहित २०४६ माघ २९ गते सेवा प्रवेश गरेका डीआइजीहरु एआइजीका लागि दावेदार छन् । सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम छ । खाली यी दरबन्दीमा हालका डिआइजीमध्येबाट तीनजनालाई बढुवा गरिनेछ ।

२०४६ माघ २९ गते सेवा प्रवेश गरेका कार्कीसँगै मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

अहिलेका आइजिपी खनाल र एआइजीका दाबेदार एकै ब्याजी हुन् । तर, खनाल आइजिपी भएको यति लामो समय बितिसक्दा पनि उनका ब्याजी डिआइजी नै छन् ।

 

वरियता नमिचिए पुष्कर कार्की एक नम्बर
नेपाल प्रहरीमा प्रहरी निवयमावली, २०७१ अनुसार बढुवा हुँदै आएको छ । नियमावलीअनुसार एआइजीको बढुवा मन्त्रिपरिषद् बैठकले गर्नेछ । गृहका अनुसार एआइजी बढुवा वरिष्ठताकै आधारमा गरिनेछ ।

 

वरिष्ठताकै आधारमा बढुवा हुदा कार्कीसँगै मनोज न्यौपाने र ठुले राई एआइजी हुनेछन् । उनीहरु तीन जना एआइजी बन्ने लगभग पक्का जस्तै छ । तर, रोलक्रम मिलेको छैन ।
कार्की यसअघि आइजिपीको दाबेदार समेत थिए ।

 

गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खनाल सबैभन्दा बढी अंकसहित एक नम्बरमा थिए । दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुस्कर कार्की थिए । खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए ।

 

त्यस्तै खरेल र कार्कीले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए । तर, खरेलले आइजिपि बढुवामा असन्तुष्टी जनाएर राजिनामा दिइसकेका छन् ।

यसपछि स्वत कार्की पहिलो नम्बरमा छन् । खनाल, खरेल र कार्की २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए । यसअघि खनाललाई प्रमुख बनाउदा रोलक्रम मिचिएको थिएन ।

 

स्रोतका अनुसार यो बढुवामा पनि प्रधानमन्त्री रोलक्रम तलमाथि नपार्ने अडानमा छन् । तर, दोस्रो नम्बरको न्यौपानेले एक नम्बरका लागि व्यापक दौडधुप गरीरहेका छन् । यसअघि पनि नेपाल प्रहरीमा रोलक्रम विवादले तिव्र विवाद भएको कारण प्रधानमन्त्री रोलक्रम मिच्न नुहने अडानमा छन् ।

 

कार्कीले विभिन्न अपराध अनुसन्धानको नेतृत्व गर्दै आएका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख छँदा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरेर चर्चामा आएका कार्कीले प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोमा रहदा निकै सफल कामहरु गरे ।

 

एटिम कार्डबाट ठगी गर्ने गिरोह पक्राउदेखि निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समात्न सफल अप्रेसनको नेतृत्व गरे ।

 

संख्या बढाउने कसरत
सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम छ । तर, दाबेदार ५ जना छन् । कार्की सहित मनोज न्यौपाने, तेस्रोमा ठूले राई, चौथोमा धिरू बस्नेत र पाँचौँमा सुरेशविक्रम शाह छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले तीनलाई ५ बनाएर सबैलाई सेटल गर्ने बिषयमा पनि छलफल चलाएका छन् । तर, ३ बाट ५ बनाउने बिषयमा गृहमन्त्री रामबहादुर थापा बादल सकरात्मक छैनन् ।

प्रतिक्रिया दिनुहोस
प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका