मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही हुन्छः प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन् । उनी ४ दिने भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’

उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक विषयमा पनि केन्द्रीत भयो’, उनले भने ।

मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसंगमा गरिएको जिज्ञासामा दाहालले ‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही’ हुने बताए ।

‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ त्यहीँ अधिकारिक हो’, उनले भने, ‘गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ ।’

अर्को प्रसंगमा उनले आवश्यकता अनुसार पुरक बजेट आउन सक्ने पनि बताए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...