प्रधानमन्त्री ओलीलाई यसरी झुकाई दिए भीम रावलले, यस्तो छ कारण



 

सन् २०१८ सेप्टेम्बर १३, १४ र १५ (२०७५ भदौ २९, ३० र ३१ गते)  छिमेकी मित्र राष्ट्र भारतमा  आयोजना हुने भनिएको  विमस्टेक सैन्य अभ्यासमा नेपाली सेनाले भाग लिने कि नलिने भन्ने विषयमा अत्याधिक बहस र वाद विवाद अहिले पनि भइरहेकाे छ। यस विवादलार्इ लिएर सत्तारुढ दलका नेता भीम रावलले सडकदेखि सदन तताइरहेका छन् ।

 

पूर्व गृहमन्त्री समेत रहेका रावलले सरकारलाई विमस्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने सहमतिलाई कार्यान्वयन नगर्न चेतावनी दिएपछि प्रम केपी अाेलीकाे निर्देशन सरकार पछी हटेकाे हाे।

 

स्राेतका अनुासर हाल अवकास विदामा बसेका प्रधान सेनापति राजेन्द्र क्षत्रीले आफ्नो प्रधान सेनापतिको हैसियतले गरेको अन्तिम  भारत भ्रमणको समय प्रधान सेनापतिसहितको टोलीले विमस्टेक सैन्य अभ्यासमा नेपाली सेनाले भाग लिने सहमति गरेर आएका थिए।

 

साेही सहमतिलार्इ अाधार मानेर भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले हालै सम्पन्न भएकाे विम्स्टेक सम्मेलनमा भारतमा हुने लागेकाे सैन्य अभ्यासमा नेपाली सेनाले भाग लिने भनेर अभिब्यक्ति मार्फत प्रधानमन्त्री केपी अाेलीलार्इ प्रस्ताव गरेका थिए।

 

तर उक्त अभिब्यक्त मार्फत गरिएकाे प्रस्तावलार्इ लिएर सडकदेखि सदनमा विवाद भइरहेकाे हुँदा प्रम अाेलीले अस्वीकार गर्न नचाहँदा नचाहँदै  पनि अस्वीर गर्नु परेकाे छ। प्रम अाेली निकट स्राेतका अनुसार  भारतमा  आयोजना हुने भनिएको  विमस्टेक सैन्य अभ्यासमा नेपाली सेनाले भाग लिने पक्षमा नै रहेका प्रम अाेली अाफ्नै दलका नेताले धाेका दिएपछि उनी पछि हटेका हुन्।

 

बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो ।

 

नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयारी थियो ।

 

तर नेता रावलले आफू राजनीतिशास्त्र र कानुनको विद्यार्थी समेत भएकाले सरकारले देशको असंलग्न नितिलाई लत्याएर गर्न लागेको संयुक्त सैन्य अभ्यासलाई तत्काल रोक्न चेतावनी दिएपछि सरकार पछि हटेकाे हाे।

 

नेता रावलले संयुक्त सैन्य अभ्यास संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको भन्दै सडकदेखि सदनमा सम्म त्यसकाे विराेध गरेका थिए।

 

उनले केही दिनअघि भनेका थिए ,‘विमस्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’

 

सरकारले वैधानिक संकट ल्याउन लागेको भन्दै नेता रावलले यो निर्णयबारे तत्काल सच्चिन आग्रह गरेपछि प्रम अाेलीकाे निर्देशनमा रक्षा मन्त्रालयल पछी हटेकाे हाे ।

 

बालुवाटार स्राेतका अनुसार नेता रावलले अन्तत: प्रम अाेलीलार्इ पार्टी भित्र निरही सावित गर्न पुगेका छन्।  स्राेतका अनुसार नेता रावलले संविधानकाे पाना पल्टाउँदै ठाँडाे रुपमै प्रम अाेलीलार्इ सचेत गराएपछि उनी पछी हटेका हुन्।

 

नेता राललले संविधानको हित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले  असंलग्न नितिलाई लत्याएर गरेकाे निर्णय मान्य नहुने भन्दै सडकदेखि सदनसम्म विराेध गरेपछि प्रम अाेली नचाहँदा नचाहँदै पनि पछी हटेर निरही बनेकाे संकेत देखाएका छन।

 

सैन्य अभ्यासकाे विरुद्धमा रहेका सत्तारुढ दलकै नेताहरु प्रम अाेलीकाे सामुन्ने बाेल्न नसकेर नेता रावल निडर भइ उक्त विषयकाे विराेध गरेर अाेलीलार्इ पछि हट्न बाध्य बनाएपछि उनकाे अहिले  पार्टी भित्र  वाहावाही भइरहेकाे छ। नेता रावललार्इ सत्तारुढ दलका अधिकांस नेताहरु निडरकाे ताज नै पहिराएका छन्।

प्रतिक्रिया दिनुहोस
प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका