रविको पनि शव भेटियो, बेगनास तालमा बेपत्ता आठै जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता रहेका सबै ८ जनाको शव भेटिएको छ ।  १० जना सवार रहेको डुङ्गा दुर्घटना हुदा २ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो ।

 

प्रहरीले भर्खरै नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनालको पनि शव भेटिएको जानकारी दिएको छ ।

 

दुर्घटनामा उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईंको पनि ज्यान गएको छ । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।

 

चारैतिर तीजको रमझम छ । महिलाहरु रातो साडिमा सजिएर आआफ्नो साथिसंगी र आफन्तको जमघट हुँदै रमाइरहेका छन् । यस्तै मनमा उमंग साँचेर सपना माइती आएकी थिइन् । बिडम्बना शनिबार बेगनासतालमा भएको दुर्घटनाले सपनाका सबै सपनाहरु बेगनासतालको पानिमा विलिन गराइदियो ।

 

उनी आफू त बाँचिन तर सुन्दर सपनाका हकदार जसले उनलाई खुशी र सुखीको अनुभूति दिलाए उनीहरु उनकै आँखा अगाडि बेपत्ता भए ।

 

घटना शनिबार झण्डै १ बजे तिरको हो । गैडाकोटबाट परिवार सहित ससुरालि आएका रवि खनालले चलाएको डुंगा डुब्यो । सिकारु चालक, चुहिने डुंगा, क्षमता भन्दा बढि यात्रु र लाइफ ज्याकेट बिना डुंगा चलाउँदा दुर्घटना हुन पुग्यो । दुर्घटनामा अहिलेसम्म ७ जनाको ज्यान गएको छ एकजना अझै बेपत्ता छन् ।

 

दुई जनाको उद्धारपछि उपचार भइरहेको छ । ज्यान गुमाउनेमा पोखरा २८ कि कृष्ण कुमारी बजगाइ, पोखरा ३१ कि जमुना कँडेल, कालिकाका १८ वर्षीय मनिषा बजगाइ र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्र गुरुगंले जानकारी दिए ।
गैडाकोट घर भएकी सपना खनाल भने पौडिएर ज्यान बचाउन सफल भइन ।

 

बेपत्ता हुनेमा सपनाका श्रीमान रवि खनाल छन् । डुंगामा सवार बेगनासका ८ वर्षका प्राचिन पौडेल, ४ वर्षकी रञ्जीत गैह्रेको पनि शव भेटिएको छ । पोखरा ३१ बेगनासको लिब्दीदेखि सय मिटर वर डुंगा दुर्घटना भएको थियो ।

 

डुंगा चलाएको अनुभव नभएका रवि खनालले डुंगा चलाएका थिए । पाँच जना मात्र चढ्नु पर्ने डुंगामा १० जना सवार थिए । डुंगामा सवारहरु वेगनासकी कमल र शोभा कँडेलको घरमा दर खाने कार्यक्रममा सहभागि हुन जाँदै थिए ।

 

नेपाली सेनामा जागिरे रवि भर्खरै बढुवा भएका थिए । उनी बढुवाको खुशी मनाउन पोखरा आएको बताइएको छ । उनले अब पोखरामै घर किनेर यतै बस्ने तयारी गरेका थिए । त्यसका लागि दुईदिन अघि मात्रै उनले गैडाकोटको घर बेचेका थिए ।

 

सपानाका अनुसार रविले कहिल्यै डुंगा चलाएका थिएनन् तर आफै डुंगा चलाएर बेगनास घुम्न रहर सुनाएपछि उनले त्यस दिन आफै डुंगा चलाएका थिए । लिब्दी किनार आउन सय मिटर मात्र बाँकि थियो ।

 

अब त पार हुन लाग्यो भन्ने लागेको थियो तर डुंगाको पिँधमा पानि भरिएको थियो । पानी पसेपछि केटाकेटि यताउता गर्न थाले । डुँगा हल्लिन थाल्यो रवि पनि आत्तिए । सपनाले छोरा शिव र शंकरलाई च्याप्प समातिन् । रवि पनि डुंगा खियाउन छाडेर बच्चा बच्ची समात्न पुगे । यत्तिकैमा डुंगा कोल्टियो सबै तालमा परे ।

 

सपनाले केहि वेर त छोराहरुको साथ छोडिन अन्ततः उनी शिथिल भइन छोराहरु हातबाट फुत्के उनी जनतन उत्रन सफल भइन् ।

 

केहि पर देखिएका श्रीमान पनी उनको आँखा अगाडि विलाए । डुंगा व्यवसायी समितिका पदाधिकारी मार्फत उद्धार टोलि खटियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुंगा ब्यवसायि, स्थानीय सबै खोजि कार्यमा जुटेका छन् ।

 

घटनाले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । लाइफ ज्याकेटलाई अनिवार्य नगरिदाँ ठूलो दुर्घटना भयो । ६ वर्ष अघि पनि बेगनासमा डुंगा डुबेको थियो , त्यतिबेला लाइफ ज्याकेट लगाउने बाँचे भने नलागाउनेहरु डुबेँ ।

 

त्यसयता समितिले लाइफ ज्याकेट लगाउने नियम बनायो । यद्यपि पछिल्लो समय त्यसलाई कडाइ नगरी वेवास्ता गर्दा शनिबार फेरी अर्को ठूलो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...