ठगी गर्ने ट्याक्सीलाई यसरी कारवाही गर्दै छ सरकारले



हाम्रो इकोनोमि

 

ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिए पनि त्यसको प्रयोग नगन्य मात्रै भइरहेका पाइएको छ । ठगी नियन्त्रणका लागि सुरु गरिएको मिटर प्रिन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझै तयार भएका छैनन् ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी राजुकमार लम्साल अहिले दैनिक ३० भन्दा बढी ठगी गर्ने ट्याक्सीलाई कारवाही गरिँदै आएको बताउँछन् ।

 

मिटर नचलाएर कति दिनुहन्छ ? भनेर सोध्ने ट्याक्सीवालाको प्रवृत्तिमा कमी आउन सकेको छैन । त्यसैले हामीले सिभिलमा प्रहरीहरु खटाएर छड्के गर्दै ट्याक्सीमाथि कारवाही गरिरहेका छौं,’ उनले भने,’मिटरमा जान नमान्नेमाथि अभियानकै रुपमा कारवाही गरिरहेका छौं ।’

 

कारवाहीको डरले ट्याक्सीमा जोडिएका मिटर र मिटर बिलिङ सिस्टम प्रयोगमा ल्याउन ट्याक्सी चालक र व्यवसायीले अटेरी गरिरहेका छन् । कतिपय ट्याक्सीले त अझै बिलिङ सिस्टम जोडेका छैनन् ।

 

धेरैले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । बिग्रएको बाहाना बनाएर उनीहरुले यात्रुलाई ठग्ने प्रचलनमा थोरै पनि कमी नआएको निश्कर्ष ट्राफिक प्रहरीको नै छ ।

 

बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइए पनि सरकारी तवरबाट कारवाहीका लागि प्रभावकारी कदम चालिएको छैन । मौसमी रुपमा १ देखि ३ हजार जरिवाना तिरेर छाड्दा ट्याक्सी चालकहरुको मनोबल झनै बढेको छ । ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको बढ्यै छ ।

 

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महंगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि बिलिङ प्रणाली जडान गर्न सुरु गरिएको थियो । तर, ब्यवसायीले यो सिस्टम एक पटक फेल भइसकेको भन्दै जडान गरे पनि प्रभावकारी नहुने दावी गरेका थिए ।

 

यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको विश्वास थियो । तर, जति गर्दा पनि ट्याक्सीहरु सुधि्रनै नसकेको ट्राफिक प्रहरीको भनाइ छ ।

 

‘अन्तर आत्मादेखि नै मैले सर्वसाधारणलाई ठग्नुहुन्न भन्ने नआएसम्म यो पपप्रवृत्ति नियन्त्रण गर्न गाह्रो हुन्छ, हाम्रो कारवाही अभियान पनि ठगीगर्नेहरुलाई सेचत गराउने उद्देश्यमै केन्द्रित छ,’ प्रवक्ता लम्सालले भने

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...