ठगी गर्ने ट्याक्सीलाई यसरी कारवाही गर्दै छ सरकारले



 

ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिए पनि त्यसको प्रयोग नगन्य मात्रै भइरहेका पाइएको छ । ठगी नियन्त्रणका लागि सुरु गरिएको मिटर प्रिन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझै तयार भएका छैनन् ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी राजुकमार लम्साल अहिले दैनिक ३० भन्दा बढी ठगी गर्ने ट्याक्सीलाई कारवाही गरिँदै आएको बताउँछन् ।

 

मिटर नचलाएर कति दिनुहन्छ ? भनेर सोध्ने ट्याक्सीवालाको प्रवृत्तिमा कमी आउन सकेको छैन । त्यसैले हामीले सिभिलमा प्रहरीहरु खटाएर छड्के गर्दै ट्याक्सीमाथि कारवाही गरिरहेका छौं,’ उनले भने,’मिटरमा जान नमान्नेमाथि अभियानकै रुपमा कारवाही गरिरहेका छौं ।’

 

कारवाहीको डरले ट्याक्सीमा जोडिएका मिटर र मिटर बिलिङ सिस्टम प्रयोगमा ल्याउन ट्याक्सी चालक र व्यवसायीले अटेरी गरिरहेका छन् । कतिपय ट्याक्सीले त अझै बिलिङ सिस्टम जोडेका छैनन् ।

 

धेरैले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । बिग्रएको बाहाना बनाएर उनीहरुले यात्रुलाई ठग्ने प्रचलनमा थोरै पनि कमी नआएको निश्कर्ष ट्राफिक प्रहरीको नै छ ।

 

बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइए पनि सरकारी तवरबाट कारवाहीका लागि प्रभावकारी कदम चालिएको छैन । मौसमी रुपमा १ देखि ३ हजार जरिवाना तिरेर छाड्दा ट्याक्सी चालकहरुको मनोबल झनै बढेको छ । ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको बढ्यै छ ।

 

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महंगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि बिलिङ प्रणाली जडान गर्न सुरु गरिएको थियो । तर, ब्यवसायीले यो सिस्टम एक पटक फेल भइसकेको भन्दै जडान गरे पनि प्रभावकारी नहुने दावी गरेका थिए ।

 

यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको विश्वास थियो । तर, जति गर्दा पनि ट्याक्सीहरु सुधि्रनै नसकेको ट्राफिक प्रहरीको भनाइ छ ।

 

‘अन्तर आत्मादेखि नै मैले सर्वसाधारणलाई ठग्नुहुन्न भन्ने नआएसम्म यो पपप्रवृत्ति नियन्त्रण गर्न गाह्रो हुन्छ, हाम्रो कारवाही अभियान पनि ठगीगर्नेहरुलाई सेचत गराउने उद्देश्यमै केन्द्रित छ,’ प्रवक्ता लम्सालले भने

प्रतिक्रिया दिनुहोस
प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका