हेलिकप्टर दुर्घटनाका ६ जना मृतकको शव काठमाडौँ ल्याइयो



हाम्रो इकोनोमि

 

नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटनाहुँदा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

 

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार बिहान नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त हुँदा ७ जनाको ज्यान गएको हो । पाइलटसहित सातजना रहेकोमा एकजना भने बाँच्न सफल भएका छन् ।

 

ज्यान गुमाएका ६ जनाको शव आइतबार बिहान अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याएका हुन् । हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको हो । एकजना यात्रु भने बाँच्न सफल भएकी छन् । आनी डोल्मा बाँच्न सफल भएकी हुन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८) रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् । त्रिविमै पोस्टमार्टम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...