यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर, जिवितै उद्दार गरिएकी डोल्मालाई काठमाडौं ल्याइयो



हाम्रो इकोनोमि

 

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस सम्पर्कविहीन भयो । पाइलटसहित सात जना सवार हेलिकोप्टर सामागाउँ क्रस गरेपछि सम्पर्क विहीन भएको थियो ।

हेलिकोप्टर दुर्घटना परेको तर, आफू सुकुशल रहेको भन्दै एक यात्रुले फोन पनि गरे । तर, दुर्घटनास्थल पत्ता लगाउन मुस्किल पर्‍यो ।

उनको फोनका आधारमा दुर्घटनास्थल धादिङ लोकेट गरिएको थियो । तर, सीमा जोडिएको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखाको घनाजंगलमा हेलिकोप्टर भेटिएको छ ।

दुघर्टनास्थलमा पुगेका सुकराम तामाङले दुर्घटनाग्रस्त हेलिकोप्टरको तस्वीर खिचेका छन् ।

नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो ।

सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको छ । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहाा उपचार भइरहेको छ ।

मौसमका कारण मृतकका शव ल्याउन कठिनाई भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...