प्रम अाेलीले पाए प्रचण्डकाे दिल्ली दौड याेजनाकाे खतरनाक सूइकाे, बालुवाटारमै एकाएक गोप्य छलफल



 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भावी प्रधानमन्त्रीको सर्टिफिकेट लिन लिगलिगे दाैड स्वरुप भारत पुग्ने वितिक्कै भारतीय नेताहरुसंग भेटवार्तालार्इ तीब्र पारेका छन् ।

 

स्राेतका अनुसार एमाले र माअाेवादी मिलेर बनेकाे नेकपा पार्टीभित्रको नेतृत्वसमेत पूर्ण रुपमा नपाएका र प्रधानमन्त्री पदबाट पनि ५ वर्षका लागि विमुख भएको अवस्थामा प्रचण्ड शान्त भइरहन सक्ने नेता नभएकाले उनकाे भ्रमण गाेप्य रुपमै विशुद्ध राजनीतिक एजेण्डकै विषयमा रहेकाे छ।

 

प्रचण्डले भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने बताएका थिए । तर, उनी नेकपाको पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पदका लागि भारतीय चासोलाई सम्बोधन गर्न त्यहाँ पुगेको बताउन थालिएको छ ।

 

प्रचण्डको भ्रमणपछि नेपालको राजनीतिक समिकरण कस्तो बन्ने हो भन्नेसम्मको चिन्ता सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा देखिएकाे स्राेतकाे भनार्इ  छ।

 

राजनीतिक भ्रमणका लागि भारत गएका नेकपाका अध्यक्ष प्रचण्ड उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनको भारत भ्रमणले नेकपाभित्र भने तरङ्ग नै पैदा गरेको छ ।

 

प्रचण्डले भारतमा नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ता गरिरहेकाे बेलामा भने यता ओली अाफु निकटका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । आजै मात्र पनि ओलीले वालुवाटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

 

भारत भ्रमणका क्रममा प्रचण्डलले उच्चस्तरीय भेटबाट नेपालको राजनीतिक विषयमा कुनै न कुनै समझदारी गर्ने आशंका गरिएको अाेली निकट स्राेतले बताएकाे छ।

 

प्रचण्डले भारत भ्रमणपछि चिनकोसमेत भ्रमण गर्ने भएकाले उनको विदेश भ्रमणलाई ओलीले गम्भीरतापूर्वक लिएका छन् ।

 

अाेली निकट स्राेतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्ने सम्भावना रहेकाले प्रचण्ड मोदीसँग नजिक भएर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य लिएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

 

पछिल्लो समय औसतभन्दा कम बोल्न थालेका प्रचण्डको विदेश भ्रमणले नेपालकाे राजनीतिक ठुलै परिवर्तन अाउने शंका पनि गरिएकाे छ।
अाेली निकटका कतिपय नेताहरुले त प्रचण्ड आफू प्रधानमन्त्री बन्नका लागि दिल्ली दौडाहामा लागेको आशंकासमेत गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दिल्लीमा भावी प्रधानमन्त्रीको सर्टिफिकेट लिन लिगलिगे दौड स्वरुप भारत पुग्ने वितिक्कै भारतीय नेताहरुसंग भेटवार्तालार्इ तीब्र पारेका छन् ।

 

स्रोतका अनुसार एमाले र माओवादी मिलेर बनेको नेकपा पार्टीभित्रको नेतृत्वसमेत पूर्ण रुपमा नपाएका र प्रधानमन्त्री पदबाट पनि ५ वर्षका लागि विमुख भएको अवस्थामा प्रचण्ड शान्त भइरहन सक्ने नेता नभएकाले उनको भ्रमण गोप्य रुपमै विशुद्ध राजनीतिक एजेण्डकै विषयमा रहेको छ।

 

प्रचण्डले भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने बताएका थिए । तर, उनी नेकपाको पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पदका लागि भारतीय चासोलाई सम्बोधन गर्न त्यहाँ पुगेको बताउन थालिएको छ ।

 

प्रचण्डको भ्रमणपछि नेपालको राजनीतिक समिकरण कस्तो बन्ने हो भन्नेसम्मको चिन्ता सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा देखिएको स्रोतको भनार्इ  छ।

 

राजनीतिक भ्रमणका लागि भारत गएका नेकपाका अध्यक्ष प्रचण्ड उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनको भारत भ्रमणले नेकपाभित्र भने तरङ्ग नै पैदा गरेको छ ।

 

प्रचण्डले भारतमा नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ता गरिरहेको बेलामा भने यता ओली आफु निकटका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । आजै मात्र पनि ओलीले वालुवाटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

 

भारत भ्रमणका क्रममा प्रचण्डलले उच्चस्तरीय भेटबाट नेपालको राजनीतिक विषयमा कुनै न कुनै समझदारी गर्ने आशंका गरिएको ओली निकट स्रोतले बताएको छ।

 

प्रचण्डले भारत भ्रमणपछि चिनकोसमेत भ्रमण गर्ने भएकाले उनको विदेश भ्रमणलाई ओलीले गम्भीरतापूर्वक लिएका छन् ।

 

ओली निकट स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्ने सम्भावना रहेकाले प्रचण्ड मोदीसँग नजिक भएर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य लिएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

 

पछिल्लो समय औसतभन्दा कम बोल्न थालेका प्रचण्डको विदेश भ्रमणले नेपालको राजनीतिक ठुलै परिवर्तन आउने शंका पनि गरिएको छ।
ओली निकटका कतिपय नेताहरुले त प्रचण्ड आफू प्रधानमन्त्री बन्नका लागि दिल्ली दौडाहामा लागेको आशंकासमेत गरेका छन् ।

प्रचण्ड र मोदी आमुन्ने-सामुन्ने, लगत्तै स्वराजसँग भेट

 नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ । उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

चार दिने भ्रमणका लागि बिहीबार दिल्ली पुगेका दाहालले मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुरा गर्दै नेपालको वर्तमान राजनीतिक हालचाल सुनाएको उनको निजी सचिवालयले जनाएको छ ।

 

काठमाडौंमा भएको बिम्स्टेक चौथे शिखर सम्मेलनमा मोदी नेपाल आएका थिए । तर, एकाएक दिल्ली पुगेका दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

उनले दिल्ली जाने  बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको दृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

 

भारत भ्रमणपछि लगत्तै उनले चीनको भ्रमण गर्ने बताईएको छ । त्यसैले पनि हाल–मोदी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । स्रोतका अनुसार उनले मोदीको सन्देश चीन पुर्‍याउन मद्दत गर्ने छन् ।

 

 हिजो प्रचण्डले गृहमन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध र सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको थियो ।

 

दाहाल पूर्व प्रधानमन्त्री हुन् । तर, उनको भ्रमणलाई भारत सकार तथा त्यहाँको सत्ताधारी दलले उच्च महत्व दिएको छ । कारण, दिल्ली पुगेकै दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले दाहालको सम्मानमा रात्रिभोज आयोजना गरे ।

 

दाहालले मोदीलाई मात्रै भेटेनन् । विदेश मन्त्री शुष्मा स्वराजलाई पनि भेटेका छन् । भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँगको भेटले नेपालको राजनीतिक वृत्त    मा नयाँ तरंग सिर्जना गर्ने देखिएको छ । अहिले (ने क पा)का शीर्षनेताहरुको विदेश दौड निकै चलेको छ ।

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल