प्रचण्ड र मोदी आमुन्ने-सामुन्ने, लगत्तै स्वराजसँग भेट



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ । उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

 

चार दिने भ्रमणका लागि बिहीबार दिल्ली पुगेका दाहालले मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुरा गर्दै नेपालको वर्तमान राजनीतिक हालचाल सुनाएको उनको निजी सचिवालयले जनाएको छ ।

 

काठमाडौंमा भएको बिम्स्टेक चौथे शिखर सम्मेलनमा मोदी नेपाल आएका थिए । तर, एकाएक दिल्ली पुगेका दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले दिल्ली जाने  बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको दृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

 

भारत भ्रमणपछि लगत्तै उनले चीनको भ्रमण गर्ने बताईएको छ । त्यसैले पनि हाल–मोदी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । स्रोतका अनुसार उनले मोदीको सन्देश चीन पुर्‍याउन मद्दत गर्ने छन् ।

 

हिजो प्रचण्डले गृहमन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध र सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको थियो ।

 

दाहाल पूर्व प्रधानमन्त्री हुन् । तर, उनको भ्रमणलाई भारत सकार तथा त्यहाँको सत्ताधारी दलले उच्च महत्व दिएको छ । कारण, दिल्ली पुगेकै दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले दाहालको सम्मानमा रात्रिभोज आयोजना गरे ।

 

दाहालले मोदीलाई मात्रै भेटेनन् । विदेश मन्त्री शुष्मा स्वराजलाई पनि भेटेका छन् । भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँगको भेटले नेपालको राजनीतिक वृत्त    मा नयाँ तरंग सिर्जना गर्ने देखिएको छ । अहिले (ने क पा)का शीर्षनेताहरुको विदेश दौड निकै चलेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...