प्रचण्ड र मोदी आमुन्ने-सामुन्ने, लगत्तै स्वराजसँग भेट



 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ । उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

 

चार दिने भ्रमणका लागि बिहीबार दिल्ली पुगेका दाहालले मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुरा गर्दै नेपालको वर्तमान राजनीतिक हालचाल सुनाएको उनको निजी सचिवालयले जनाएको छ ।

 

काठमाडौंमा भएको बिम्स्टेक चौथे शिखर सम्मेलनमा मोदी नेपाल आएका थिए । तर, एकाएक दिल्ली पुगेका दाहालको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले दिल्ली जाने  बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको दृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

 

भारत भ्रमणपछि लगत्तै उनले चीनको भ्रमण गर्ने बताईएको छ । त्यसैले पनि हाल–मोदी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । स्रोतका अनुसार उनले मोदीको सन्देश चीन पुर्‍याउन मद्दत गर्ने छन् ।

 

हिजो प्रचण्डले गृहमन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध र सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको थियो ।

 

दाहाल पूर्व प्रधानमन्त्री हुन् । तर, उनको भ्रमणलाई भारत सकार तथा त्यहाँको सत्ताधारी दलले उच्च महत्व दिएको छ । कारण, दिल्ली पुगेकै दिन बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले दाहालको सम्मानमा रात्रिभोज आयोजना गरे ।

 

दाहालले मोदीलाई मात्रै भेटेनन् । विदेश मन्त्री शुष्मा स्वराजलाई पनि भेटेका छन् । भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँगको भेटले नेपालको राजनीतिक वृत्त    मा नयाँ तरंग सिर्जना गर्ने देखिएको छ । अहिले (ने क पा)का शीर्षनेताहरुको विदेश दौड निकै चलेको छ ।

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल