काभ्रेमा सहकारीको दर खाँदा ५० जना बिरामी



हाम्रो इकोनोमि

 

पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ ।

स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...