बालुवारटारमा ओली बन्धुहरुको जमघट : प्रधानमन्त्री परिवारको अभिनन्दन हुने, कोमल ओलीले गीत गाउने



 

प्रधानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधामन्त्रीका पिता मोहनप्रसाद ओलीलाई ओली वंश अक्षय कोषले सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गर्न लागेको हो ।

 

प्रधानमन्त्री ओलीको परिवारसहित राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, न्यायाधीस राम ओली, सांसद कोमल ओली र कमला ओलीलाई पनि अभिनन्दन गर्न लागिएको ओली वंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले रातोपाटीलाई जानकारी दिए ।

 

कोषले शुरुमा प्रधानमन्त्री ओली परिवारलाई अभिनन्दन गर्ने र प्रधानमन्त्रीले ओली वंशका महिला, अपाङ्ग, जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम राखिएको छ । यस्तै अक्षयकोषबाट २२ जनालाई पुरस्कार दिने कार्यक्रम रहेको अध्यक्ष केशवमणी ओलीले जानकारी दिए ।

 

उनले भने– ‘ओली वशंबाट एसइई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रा, आइएस्सीमा सबैभन्दा धेरै नंबर ल्याउने छात्रा, ओली वंशको सबैभन्दा धेरै उमेर भएको जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार दिने कार्यक्रम छ ।’

 

प्रधानमन्त्री परिवारलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागी हुन अक्षय कोषले सामाजिक सञ्जालबाट प्रचार प्रसार पनि गरेको छ । ओली वशं कोषका आजीवन सदस्य घनश्याम ओलीले प्रधानमन्त्री ओली आफैले सम्मान कार्यक्रम गरेको भनेर दुस्प्रचार भएको भन्दै त्यसको खण्डनसमेत गरेका छन् ।

 

उनले रातोपाटीसँग भने–‘बालुवाटारमा प्रधानमन्त्रीले सम्मान कार्यक्रम आयोजना गरेको, भोज गर्ने कार्यक्रम छ भनेर बाहिर भ्रम रहेछ । प्रधानमन्त्रीलाई बाहिर जाने समय नमिल्ने भएपछि हामीले बालुवाटारमै कार्यक्रम गर्न लागेका हौँ ।’

 

 

कोमल ओलीले गीत गाउने  

ओली वंश अक्षय कोषले बालुवाटारमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गर्ने भएको छ । मनोरञ्जनात्मक कार्यक्रममा सांसद कोमल ओली, किशोर संगम, नारायण ओलीले गीत प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष केशवमणी ओलीले जानकारी दिए । कार्यक्रममा लय संग्रौला, ज्ञानु राणा लगायतका अन्य नव कलाकारहरु पनि सहभागी हुने आयोजकको भनाई छ ।

 

कहीँ नभएको जात्रा हाँडिगाउँमा : काँग्रेस नेता मिनेन्द्र रिजाल

जुनसुकै दलको सरकार आएपनि प्रधानमन्त्रीको सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाइएको आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीको सरकारी निवास र सरकारी कामकाजको थलोको रुपमा समेत रहेको बालुवाटारमा देशका लागि महत्व बोकेको कार्यक्रमभन्दा पनि व्यक्तिगत र राजनीतिक दलसम्बन्धी बैठक र कार्यक्रमले भरिने गरेको छ ।

 

यसअघिको नेपाली काँग्रेसको सरकार होस वा तत्कालीन माओवादी केन्द्रको सरकार होस् वा अहिलेको नेकपाको सरकार होस्, बालुवाटरलाई सरकारी कामकाजको थलोभन्दा पनि दल वा अन्य झिनामसिना कार्यक्रम गर्ने थलो बनाइएको आरोप पनि लाग्दै आएको छ ।

 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बालुवाटरमा दिइएको भव्य भोजको खुलेर आलोचना भएको थियो । त्यसयता पार्टीका नियमित बैठकहरु बालुवाटारमा नै बस्ने गरेका छन् ।

 

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सरकारी निवासमा दलको कार्यक्रम हुनुलाई अन्यथा मान्न नहुने बताए । उनले प्रधानमन्त्री पार्टी अध्यक्ष पनि हुने, संसदीय दलको नेता पनि हुने भएकाले प्रधानमन्त्री निवासमा राजनीतिक कार्यक्रम गरेकोमा आफ्नो असन्तुष्टि नरहेको बताए ।

 

उनले भने– ‘कहिले केन्द्रीय समितिको बैठक, कहिले संसदीय दलको बैठक गर्नुपर्ने हुँदा प्रधानमन्त्रीले घरी प्रधानमन्त्री कार्यालय, घरी पार्टी कार्यालय जान गाह्रो हुन सक्छ । यो विषयमा मेरो अब्जेक्सन छैन । तर हरेक कुराको सीमा हुन्छ नी । गर्दै जाँदा जे पनि गर्ने चाही चित्त बुझेको छैन । यो विषय कहिँ नभएको जात्रा हाँडी गाँउमा भनेजस्तो हो ।’

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल