निर्मला हत्याकाण्ड : अधुरो प्रतिवेदन बोकेर काठमाडौं फर्किंदै उच्चस्तरीय टोली, ‘प्रहरीबाट गम्भीर लापरवाही’



 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली शनिवार काठमाडौं फिर्ता हुँदैछ ।

 

१५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर, समितिले अपूरो प्रतिवेदन लिएर शनिवार काठमाडौं फिर्ता हुने तयारी छ ।

 

शुक्रवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हँुदा उनीहरूसँग पनि शोधपुछ गर्न बाँकी रहेकाले शोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताए ।

 

‘घटनामा यहाँका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक यकिन्द्र खड्कालगायत प्रहरी अधिकारीहरू केन्द्रमै तानिएका छन् ।

 

उनीहरूसँग शोधपुछ गरेर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं,’ संयोजक मैनालीले भने । अझै ३–४ दिन प्रतिवेदन लेखनमा समय लाग्ने बताउँदै संयोजक मैनालीले त्यसपछि मात्रै सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

 

राष्ट्रिय मानवअधिकार आयोगको जस्तै उच्च स्तरीय छानबीन टोलीले पनि घटनाको अनुसन्धानमा प्रहरीको चरम लापरवाही गरेको ठहर गरेको छ । ‘हामीले १५ दिनसम्ममा सबै पक्षसँग बस्यौ । उनीहरूको विवरण लियौ ।

 

आन्दोलन किन भयो ? प्रहरीले बल किन प्रयोग गर्यो ? लगायत विषयवस्तुमा रहेर छानबीन गर्यौं,’ उनले अगाडि थपे, ‘वास्तवमा प्रहरीले घटनाको प्रारम्भिक चरणमा गम्भीर लापरवाही गरेकै हो । प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन । प्रहरीले आत्तिएर गोली चलाएको हो । अन्ततः प्रहरीको गोली लागेर शनि खुनाले ज्यान गुमाए ।’

 

घटनालाई उत्तेजित पार्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि ठूलो हात रहेको समितिको ठहर छ । घटनाबारे आएको विभिन्न अनर्गल, भ्रामक र उत्तेजित पार्ने सामग्रीले पनि उत्तेजना फैलिएको समितिको भनाई छ ।

 

प्रहरीले अझै अनुसन्धान जारी राखेको बताउँदै संयोजक मैनालीले अपराधी पत्ता लगाउने अन्तिम तथा मुख्य जिम्मेवारी पनि प्रहरीकै रहेको उल्लेख गरे । तर, न्याय पाउने कुरामा कुनै आशंका गर्ने ठाउँ नभएको उनको भनाई छ ।

 

यसैबीच, शुक्रवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि कञ्चनपुरमै रहेका छन् । हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन पुगेका प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भएपनि उन्मुक्ति नमिल्ने बताए । केही ढिलो भएपनि अपराधीलाई कानूनी दायरामा ल्याएरै छोड्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल