चाबहिल–साँखु सडकखण्ड : सास्ती कहिलेसम्म ?



 

सधैभरिको सास्ती उस्तै छ । परिवर्तनको आभास शून्य वरावर छ । लाग्छ यो सास्ती कहिलेसम्म ? वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनुपरेको अवस्था त छदै छ अझ सडकको हालत हेर्दा सधैभरि उही अवस्था हुँदा भने दिक्क नै लाग्ने खालेको देखिन्छ ।

 

त्यो हो चाबहिल–साँखु सडकखण्डको अवस्था । यो सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनका चालक र यात्रु दिक्क छन् । बाह्र्रैमासको अवस्था उस्तै छ ।  चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् ।

 

पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् ।

 

तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ ।

 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ ।

 

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

 

असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४÷७५ भित्र सो काम सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल