प्रकाण्डलाई प्रहरीले देश दौडाहामा लैजाँदै, भोजपुरबाट दाङ लगियो



 

नेन्द्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई हेटौँडाबाट दाङ लगिएको छ ।

प्रहरीले बिहिबार राति उनलाई हेटौंडा ल्याएको थियो । पटक पटक सर्बोच्च अदालतको आदेश अवज्ञा गरी पक्राउमा परेका प्रकाण्डलाई भोजपुरबाट हेटौँडा ल्याइएको थियो ।

जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिए पनि पक्राउ परेका प्रकाण्डलाई दाङ लैजाने क्रममा हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाण्डलाई विभिन्न जिल्लामा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा अन्तरगत प्रहरीले अदालतमा उपस्थित गराउँदै आएको छ ।

नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर पुर्याइएको थियो ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल