नेपाल एयरलाइन्सको एयर बसमा चरा ठोकिंयो, जहाज ग्राउन्डेड



नेपाल वायु सेवा निगमलाई एयर बस नफापेको हो कि ? दशा लागेर हो, एकपछि अर्को विपत्ति आइलाग्ने गरेको पाइन्छ ।

 

एयर बस नेपाल आएको लामो समयसम्म उडान अनुमति नपाउँदा र   पाइलटको व्यवस्था  नभएर एक महिनासम्म उडान भर्न पाएन।  समयमै उडान भर्न नपाएको एयर बसले बल्लबल्ल उडान भर्न  थालेको एक महिना पनि  नहुँदै न्यारो बडीको ३२० एयरबस ग्राउन्डेड हुनु परेको छ ।

 

यसबारे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीसंग ९८४१२०००२२ मा सम्पर्क राख्दा जहाजको बारेमा ”मलाई केही थाहा हुँदैन” भन्ने जवाफ दिए।

स्रोतका अनुसार, भदौ २१ गते राति नौ बजेतिर कोलालमपुरबाट आएको फलाइट नम्बर ४१६  सगरमाथा एयर बसमा चरा ठोकिंदा ठूलो दुर्घटनाबाट जोगिएको छ।

 

एयर बसमा चरा ठोकिंदा जहाजमा प्वाल परेपछि आज २०७५ भदौ २२ गतेदेखि ग्राउन्डेड भएको खबर छ।  एयर बसमा चरा ठोकिएको पुष्टि एमडी सुगतरत्न कंसाकारले पनि गरे।  पाइलटको अभावमा ग्राउन्डेड भएको एयर बस चराको सिकार हुन् पुगेको छ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल