नेपाल एयरलाइन्सको एयर बसमा चरा ठोकिंयो, जहाज ग्राउन्डेड



हाम्रो इकोनोमि

नेपाल वायु सेवा निगमलाई एयर बस नफापेको हो कि ? दशा लागेर हो, एकपछि अर्को विपत्ति आइलाग्ने गरेको पाइन्छ ।

 

एयर बस नेपाल आएको लामो समयसम्म उडान अनुमति नपाउँदा र   पाइलटको व्यवस्था  नभएर एक महिनासम्म उडान भर्न पाएन।  समयमै उडान भर्न नपाएको एयर बसले बल्लबल्ल उडान भर्न  थालेको एक महिना पनि  नहुँदै न्यारो बडीको ३२० एयरबस ग्राउन्डेड हुनु परेको छ ।

 

यसबारे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीसंग ९८४१२०००२२ मा सम्पर्क राख्दा जहाजको बारेमा ”मलाई केही थाहा हुँदैन” भन्ने जवाफ दिए।

स्रोतका अनुसार, भदौ २१ गते राति नौ बजेतिर कोलालमपुरबाट आएको फलाइट नम्बर ४१६  सगरमाथा एयर बसमा चरा ठोकिंदा ठूलो दुर्घटनाबाट जोगिएको छ।

 

एयर बसमा चरा ठोकिंदा जहाजमा प्वाल परेपछि आज २०७५ भदौ २२ गतेदेखि ग्राउन्डेड भएको खबर छ।  एयर बसमा चरा ठोकिएको पुष्टि एमडी सुगतरत्न कंसाकारले पनि गरे।  पाइलटको अभावमा ग्राउन्डेड भएको एयर बस चराको सिकार हुन् पुगेको छ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...