प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्धका यस्ता छन चार उजुरी, आज छलफल हुने



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध परेका चार वटा उजुरी आज खोलिने भएको छ ।

 

आज  बजे बस्ने संसदीय सुनुवाइ समितिको वैठकमा सो उजुरी खोलिने भएको छ । समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गरिने समितिका सचिव धुव्र घिमिरेले जानकारी दिएका छन् ।

 

मिश्रविरुद्ध बबुधवार अन्तिम समयसम्म उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नहुने दाबीसहित चार उजुरी दर्ता भएका हुन् ।

 

उजुरी अध्यनन्पछि उजुरीकर्तालाई बोलाउने समितिको तयारी छ । मिश्रमाथि परेका उजुरीहरुको गम्भीरता र आवश्यक प्रमाण झिकाउने कार्य हुने समितिले जनाएको छ ।

 

मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको छ । यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो ।

 

संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक अस्वीकार गरिएकाले अब मिश्रको सुनुवाइ पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ ।

 

संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकामध्ये पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन यस पटक तोडिएको थियो ।

 

यसअघि सिफारिस गरिएका दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्विकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए । त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुँदैछ ।

 

विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए ।

 

मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ । १८ पुसमा मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्ने छ ।

 

राणापछि वरियताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम्मध्येका तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषदमा चैत १३ गते पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...