प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्धका यस्ता छन चार उजुरी, आज छलफल हुने



 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध परेका चार वटा उजुरी आज खोलिने भएको छ ।

 

आज  बजे बस्ने संसदीय सुनुवाइ समितिको वैठकमा सो उजुरी खोलिने भएको छ । समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गरिने समितिका सचिव धुव्र घिमिरेले जानकारी दिएका छन् ।

 

मिश्रविरुद्ध बबुधवार अन्तिम समयसम्म उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नहुने दाबीसहित चार उजुरी दर्ता भएका हुन् ।

 

उजुरी अध्यनन्पछि उजुरीकर्तालाई बोलाउने समितिको तयारी छ । मिश्रमाथि परेका उजुरीहरुको गम्भीरता र आवश्यक प्रमाण झिकाउने कार्य हुने समितिले जनाएको छ ।

 

मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको छ । यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो ।

 

संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक अस्वीकार गरिएकाले अब मिश्रको सुनुवाइ पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ ।

 

संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकामध्ये पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन यस पटक तोडिएको थियो ।

 

यसअघि सिफारिस गरिएका दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्विकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए । त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुँदैछ ।

 

विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए ।

 

मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ । १८ पुसमा मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्ने छ ।

 

राणापछि वरियताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम्मध्येका तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषदमा चैत १३ गते पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल