प्रचण्ड दिल्लीमा, आज मोदीसँग बिषेश भेटवार्ता हुने



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा दिल्ली पुगेका छन् । उनी एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट उनी दिल्ली बिहिबार अपराह् पुगेका हुन् ।

 

प्रचण्ड आइसिडब्लुएको निमन्त्रणामा भारत गएका हुन । उनलाई नेकपा महासचिव विष्णु पौडेल तथा नेताहरू अमिक शेरचन, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, लीलामणि पोखरेल लगायतले बिदाइ गरेका थिए ।

 

उनले दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताए ।

 

प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्ग्स्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

यस्तै प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका छन।

 

शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्दै छन् । उनले साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन् ।

अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस पछि नेकपा भित्रै भयो यस्तो लफडा

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफ्नो चाहना अनुसार नवीन घिमिरेलाई संवैधानिक परिषद्बाट सर्वसम्मत सिफारिस गरेसँगै ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसेको छ ।

 

प्रचण्डको रोजाइमा घिमिरे थिएनन् । प्रचण्डले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई अख्तियार प्रमुख बनाउन लविङ गरेका थिए । प्रचण्डको प्रस्तावलाई ओलीले सिधै अस्वीकार गरिदिएका छन् । अख्तियार प्रमुखमा पौडेलको पक्षमा माहोल बनाउन प्रचण्डले दुई दिनसम्म लगातार ओलीसँग बालुवाटारमा वार्ता गरेका थिए ।

 

प्रचण्डले ओलीलाई कन्भिन्स गर्न नसक्दा घिमिरले अख्तियार प्रमुख पड्काएको स्रोतको भनाई छ । प्रचण्डलाई लडाकुको शिविरको भ्रष्टाचारको फाइल फेरि पनि उठ्छ कि भन्ने ठूलो चिन्ता छ ।

 

माओवादी लडाकु शिविरमा रहँदा तलबभत्तामा मात्र राज्यकोषबाट खर्च भएको ४ अर्ब रुपैयाँमा ठूलो भ्रष्टाचार भएको आशंकामा अख्तियारले थालेको अनुसन्धान तामेलीमा राखिएको थियो । तत्कालिन एमाले भ्रातृसंगठन युवासंघले लडाकु शिविरका लागि सरकारले उपलब्ध गराएको रकममा घोटाला भएको भन्दै छानबिन माग राखेर २०७० असोजमा आयोगमा उजुरी दर्ता गराएको थियो ।

 

त्यसको दुई महिनापछि मंसिरमा आयोगले अनुसन्धान अधिकृत तोकेको सम्बन्धित पक्षलाई पत्र काटेपनि यो प्रकरणलाई तामेलीमा राखियो । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले दर्ता गराएको उजुरीमा प्रचण्ड, नेताहरू बाबुराम भट्टराई, कृष्णबहादुर महरा र लडाकु शिविरका कमान्डरमाथि छानबिन र कारबाहीको माग गरिएको थियो ।

 

अहिले तत्कालिन माओवादीका अरु नेताहरु पनि घिमिरेको प्रवेशले चिन्तित बनेको स्रोत बताउँछ । स्रोतले भन्यो–‘अख्तियारमा आफ्नो मान्छे लैजान पाएको भए प्रचण्ड ढुक्क हुने थिए तर, घिमिरेको प्रवेशले प्रचण्डको मनमा चिसो पसेको छ ।’

 

अख्तियार प्रमुखमा घिमिरेलाई सिफारिस गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सन्तुष्ट रहेको बुझिएको छ । घिमिरेलाई सिफारिस गर्नुभन्दा पहिला ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सहमतिको माग गरेका थिए । त्यस बेला ओलीले अख्तियारमा खाली हुने अबको सदस्य कांग्रेसलाई दिने भनेर देउवासँग सहमति गरेको स्रोतको भनाइ छ ।

 

पूर्व गृहसचिव समेत भइसकेका घिमिरेले प्रशासन र भ्रष्टाचारको क्षेत्रमा के–के भइरहेको छ भनेर धेरै जानकार रहेको हुँदा उनलाई नै सिफारिस गरिएको नेकपाका एक नेताले बताए । घिमिरेसँग रक्षा, वन, भूमिसुधार र गृह मन्त्रालयमा सचिवको रुपमा काम गरको अनुभव छ । २०७० सालको चुनावी सरकारमा पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरे गृहमन्त्री भएको बेला नविन घिमिरे सचिव थिए ।

त्यसो त २४ वर्षअघि ओली गृहमन्त्री हुँदा उनले घिमिरेलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएका थिए ।

 

२०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेको कार्यकाल सोही मितिबाट गणना हुने भएकाले अख्तियारको प्रमुख आयुक्तको रुपमा उनको कार्यकाल २ वर्षमात्र हुनेछ ।

 

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवैधानिक परिषदको अध्यक्ष हुँदा तत्कालिन एमालेका अध्यक्ष ओलीकै चाहनामा घिमिरे आयुक्त सिफारिस भएका थिए । त्यो बेला दलहरुबीच भागबण्डा हुँदा घिमिरे तत्कालिन एमालेकै कोटाबाट परेका थिए ।

 

२०३५ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका घिमिरे इलाम, मोरङ र उदयपुरको स्थानीय विकास अधिकारी भएका थिए । घिमिरेलाई ओलीको चाहना अनुसार ल्याइएपछि पूर्वएमाले भित्र खुसीयाली छाएपनि पूर्व माओवादी केन्द्र भित्र त्यसको खासै प्रभाव परेको छैन ।

 

घिमिरे प्रमुख आयुक्त भएपछि अख्तियारमा एकजना आयुक्तको पद रिक्त भएको छ । उक्त पदका लागि हाल गृहसचिव रहेका प्रेमकुमार राईलाई नियुक्ति गर्ने तयारी समेत भएको छ ।

 

पूर्व एमाले निकट राईलाई पनि अख्तियारमै लगियो भने प्रचण्डलाई थप झट्का लाग्ने निश्चित छ । तर, उक्त कोटा कांग्रेसको कोटामा परेको हुँदा राईले कांग्रेलाई रिझाएको खण्डमात्र उनी अख्तियार पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल