गुण्डा नाइके ‘बाघे’ स्वयम्भूबाट पक्राउ



 

स्वयम्भू, बालाजु र नयाँ बसपार्क क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी र अवैध असुलीमा सक्रिय बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । परिसरले व्यवसायीलाई धम्काएको आरोपमा बाघेलाई पक्राउ गरेको जनाएको छ ।

 

‘लामालाई केही समयअघि मात्र नियन्त्रणमा लिएका हौं, ‘एसएसपी बसन्तकुमार लामाले भने, ‘धम्काएको आरोपमा पक्राउ गरेको हौं, थप अनुसन्धान चलिरहेको छ ।’

 

को हुन बाघे ?
सुक बहादुर तामाङ ‘बाघे’को यसअघि पनि विभिन्न अपराधमा पटकपटक पक्राउ परेर छुटेका गुण्डा हुन् ।

 

२०५९ मा झापा बेलडागी घर भई अनामनगर बस्ने लोचनप्रसाद विमलीलाई काठमाडौंका एक होटलमा बोलाएर हतियार देखाई १ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटेको आरोप उनलाई लागेको थियो । उक्त घटनामा पक्राउ परेका बाघे सजाय भुक्तान गरेर छुटेका थिए ।

 

यस्तै उनीमाथि २०७० मा प्रहरी परिसर काठमाडौंका तत्कालिन एसएसपी रमेश खरेलको पालामा पनि बाघे सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । भने २०७३ फागुनमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो ।

 

बाघेलाई महानगरिय प्रहरी वृत्त कालीमाटीले २०७४ कार्तिक १५ मा पक्राउ गरी अपहरण तथा शरिर बन्धकको मुद्दा चलाएको थियो । त्यतिबेला कलंकीस्थित मितेरी यातायातका शंकर शर्मा गुरागाईंलाई अपहरण गरी बन्धक बनाएको आरोप बाघेलाई लागेको थियो । उक्त मुद्दामा पनि बाघेले सजाय भुक्तान छुटेका थिए ।

 

पछिल्लो पटक २०७४ बैशाख २ गते महानगरीय प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरेको थियो । सार्वजनिक अपराधको मुद्दामा पक्राउ परेका बाघे त्यतिबेला पनि सजाय भुक्तान गरेर छुटेका थिए ।

 

२०७४ जेठ १० गते पनि प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पक्राउ गरेका थिए । त्यतिबेला सार्वजनिक अपराधको मुद्दामा अनुसन्धान गरिएको बाघे केही साता थुनामा बसेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल