दूरसंचार प्राधिकरणको अध्यक्षमा झाले कसरी मारे बाजी ?



हाम्रो इकोनोमि

 

सरकारले अन्ततः दिगम्बर झालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।

यसअघि सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा सरकारले गरेका नियुक्ति खारेजीमा उनी पनि परेका थिए । निर्वाचनपछि भएका नियुक्तिसमेत खारेज गर्ने क्रममा उनको नियुक्ति खारेज भएको थियो ।

सर्वोच्च अदालतले उनलाई पुनर्वहाली गर्न आदेश दिएका थिए । तर उनले मुद्दा फिर्ता लिएका थिए । झाले सरकारलाई सहयोग गर्न मुद्दा फिर्ता लिएका थिए ।

दूरसंचार प्राधिकरणलाई जनताको बीचमा चिनाउने काम गरेका झालाई नियुक्ति हुन नदिन एक समूह हात धोएर लागेको थियो ।

प्राधिकरणका बरिष्ठ निर्देशक आनन्द खनाल र निर्देशक अर्जुन घिमिरे नै उनको नियुक्तिको विरुद्ध लागेका थिए । झालाई आउन नदिन खनालले त पुनः विज्ञापन गर्नुपर्ने कुराको लबिङ गर्न थालेका थिए ।

त्यस्तै बिहीबारको मन्त्रिपरिषद बैठकले महाराजगञ्जस्थित प्रहरी एकेडेमी काभ्रेको पनौतीमा सार्ने र त्यहाँ राष्ट्रपति भवन बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...