दूरसंचार प्राधिकरणको अध्यक्षमा झाले कसरी मारे बाजी ?



 

सरकारले अन्ततः दिगम्बर झालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।

यसअघि सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा सरकारले गरेका नियुक्ति खारेजीमा उनी पनि परेका थिए । निर्वाचनपछि भएका नियुक्तिसमेत खारेज गर्ने क्रममा उनको नियुक्ति खारेज भएको थियो ।

सर्वोच्च अदालतले उनलाई पुनर्वहाली गर्न आदेश दिएका थिए । तर उनले मुद्दा फिर्ता लिएका थिए । झाले सरकारलाई सहयोग गर्न मुद्दा फिर्ता लिएका थिए ।

दूरसंचार प्राधिकरणलाई जनताको बीचमा चिनाउने काम गरेका झालाई नियुक्ति हुन नदिन एक समूह हात धोएर लागेको थियो ।

प्राधिकरणका बरिष्ठ निर्देशक आनन्द खनाल र निर्देशक अर्जुन घिमिरे नै उनको नियुक्तिको विरुद्ध लागेका थिए । झालाई आउन नदिन खनालले त पुनः विज्ञापन गर्नुपर्ने कुराको लबिङ गर्न थालेका थिए ।

त्यस्तै बिहीबारको मन्त्रिपरिषद बैठकले महाराजगञ्जस्थित प्रहरी एकेडेमी काभ्रेको पनौतीमा सार्ने र त्यहाँ राष्ट्रपति भवन बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल