बाजुरामा खाद्यान्न अभाव, संस्थानकाे डिपाे रित्तियाे, जनता भोकभोकै



 

अार्थिक वर्षकाे अारम्भमै बाजुरामा खाद्यान्न अभाव भएकाे छ । वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध हुँदा खाद्य अभाव भएकाे हाे । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको स्थानीयले बताएका छन् ।

 

मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल वितरण गरिसकिएकाे छ । अहिले गोदाम रित्तो छ । डिपोमा रहेको ३० क्विन्टल गहुँ वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखा बाजुराले जनाएको छ ।

 

संस्थानले मोटो चामल प्रतिकिलो ३५ देखि  ३९ तथा मसिनो सोना मनसुली ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताए । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ ।

 

डिपोमा चामल सकिएपछि रित्तै घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताए । “पूरै बजार चाहार्दा एक पेटी चाउचाउ मात्र भेट्टाए,” उनले भनेका छन् । यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो ।

 

खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा याे वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार ढुवानी भएकाे चामल सकिएको बताउँछन् । सडक र हवाई सुविधा दुबै भएकाे बाजुरामा पटक-पटक खाद्यान्न अभाव हुँदै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल